AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

उपकुलपति दासको कार्यकक्षमा तोडफोड

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२१ पुष २०७३, बिहीबार १८:४०
3
Shares
२१ पुस,विराटनगर /पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति घनश्यामलाल दासको कार्यकक्षमा तोडफोड भएको छ ।

आज बिहीबार एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियूको एक समूहले उपकुलपतिको कार्यकक्षमा तोडफोड गरेको हो ।

अनेरास्ववियू केन्द्रीय सदस्य एवं कोशी अञ्चल इन्चार्ज भास्कर खनालको नेतृत्वमा गएको टोलीले तोडफोड गरेको हो । पूविले अनेरास्ववियूसँग विगतमा भएको सम्झौता पालना नगरेपछि विरोध गरेको खनालले बताए । तर, अनेरास्ववियूका केन्द्रीय सचिव वसिम आलमले भने पूवि तोडफोडको घटनाबारे केन्द्रीय कमिटीलाई कुनै जानकारी नभएको बताए ।

‘म केन्द्रीय सचिव हुँ’ टेलिफोन सम्पर्कमा आलमले भने– ‘तोडफोडको घटनाबारे मलाई कुनै जानकारी छैन ।’ कुनै पनि विषयमा विरोध वा आन्दोलन गर्नुपूर्व केन्द्रीय कमिटीलाई औपचारिक जानकारी हुनुपर्ने बताउँदै उनले व्यक्तिगत स्वार्थपूर्तिका लागि तोडफोड गर्नेलाई कारवाहीका लागि सिफारिस गर्ने बताए

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर