१९ पुस,विराटनगर/ विराटनगर-६ मा रहेको एभरेष्ट उच्च माध्यमिक विद्यालयका प्रिन्सिपल टिकाराम पुरीले प्याप्सन केन्द्रिय अध्यक्षमा उमेद्धवारी दिने तयारी गरेका छन् ।
निजी तथा आवासीय विद्यालयहरूको संगठन प्याब्सनको आगामी केन्द्रीय महाधिवेशनमा केन्द्रिय नेतृत्वका लागि पुरीले उम्मेदवारी दिने तयारी गरेका हुन् ।
फागुनको पहिलो साता हुने महाधिवेसनमा अध्यक्षका लागि उठ्न तयारी स्वरुप पुरी अहिले देश दौडाहामा रहेका छन् ।
प्याब्सन मोरङको अध्यक्ष ह“ुदै दुई पटक सम्म केन्द्रीय उपाध्यक्ष भईसकेका पुरीले आउँदो महाधिवेशनमा अध्यक्षका लागि उमेद्धवारी दिने तयारी गरेका हुन् ।
अध्यक्षको उम्मेदवारी दिनेभएपछि सबैस“ग सल्लाह र भेटघाट थालेको बताइएको छ । नेतृत्व सधै राजधानीको हुनुपर्छ भन्ने मान्यता तोड्न उम्मेदवारी दिने पुरीको कथन छ ।
प्याप्सनको आगामी महाधिवेशनकालागि काठमाडौंका विजय सम्बाहाम्फे र डीके ढुंगानाले पनि उमेद्धवारी दिने बताइरहेका छन् । साम्बाहाम्फे र ढुङगाना भन्दा पुरीको पक्षमा माहोल बन्दै गएको स्रोत बताउँछ । सम्बाहाम्फे हाल प्याब्सनको बरिष्ट उपाध्यक्ष र ढुंगाना महासचिव छन् ।
प्याब्सनमा देशभरका ६ हजार ५ सय सदस्य विद्यालयबाट १ हजार ८ सय हाराहारी प्रतिनिधिले महाधिवेसनमा भाग लिने बताइएको छ ।