१८ पुस,विराटनगर / सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत छात्रा तर्फ ६५ केजी तौल समुहमा विराटनगर – १ मा रहेको एजेलिया सेकेण्डरी बोर्डिङ स्कुलका छात्रा प्रिजिन्ता तामाङ द्धीतिय भएको भन्दै स्कूलले सम्मान गरेको छ ।
स्कूल परिसरमै एक कार्यक्रम आयोजना गरी कक्षा नौं मा अध्ययरत तामाङलाई आज सोमबार सम्मान गरेको हो ।
पढाईसमेत अब्बल रहेकी प्रिजिन्ता स्कुलका प्रिन्सिपल सेवक बजगाईले सम्मान गरेका हुन् ।