पूर्वाञ्चल खबर
१८ पुस, विराटनगर/ विराटनगर – ३ मा रहेको बूढानिलकण्ठ अङ्गेजी मा. वि. मा विभिन्न कार्यक्रमका साथ ‘राष्ट्रिय टोपी दिवश’ मनाएको छ ।
कार्यक्रममा नर्सरीदेखि कक्षा १० सम्मका अधिकांश छात्रहरुले राष्ट्रिय टोपीमा कसैले भादगाउँले त कसैले पाल्पाली टोेपी लगाएका थिए । “संसारमै चिनाउने आफ्नो शान, जोगाइ राखौं नेपाली पहिचान” भन्ने कुरा लाई अवगत गराउँदै “नेपाली राष्ट्रिय टोपी” लगाएर विद्यार्थीहरुलाई यस सम्बन्धि महशूस पनि गराइएको थियो । साथै, राष्ट्रिय टोपी तथा राष्ट्रिय पोशाकमा सझिएका विद्यार्थीहरुको मार्चपासले नजिकको पानिटैङ्की, तिनपैनी लगायतका स्थानहरुको परिक्रमा गरेका थिए ।
यस कार्यक्रमलाई झन उच्च महिमा बनाउन सम्पूर्ण शिक्षकहरुले समेत राष्ट्रिय टोपीका साथै राष्ट्रिय पोशाक लगाएर यस दिवशलाई थप रोचक बनाएका थिए ।