पूर्वाञ्चल खबर
१५ पुस, पथरी /क्रेजी इन्टरटेइमेन्टले नव गायक नन्दु गुरुङको ‘हाम्लाई पनि…’ बोलको गीतको म्यूजिक भिडियो सार्वजानिक गरेको छ । आज झापा दमक र काठमाडौंबाट हिमशिखर टेलिभिजनको ‘हेल्लो पूर्वाञ्चल’ कार्यक्रम र युट्युव च्यानल सङ्स नेपालबाट सो म्यूजिक भिडियो एकसाथ सार्वजानिक भएको हो ।
देव गुरुङको शब्द/संगीत रहेको सो गीतमा मोडल योगेन्द्र राई र निशा इम्बुङले अभिनय गरेका छन् । सह–अभिनेताहरुमा पुकार राई, करण धिताल, जीवन सुवेदी, दिपक खालिङ, फिपराज बेघा र सन्तोष राई बी रहेका छन् । मोरङको जाँतेमा छायांकन गरिएको म्यूजिक भिडियो भुपेन्द्र तुम्बाहाम्फको छायांकन, अभिषेक मगरको कोरिग्राफ रहेको छ भने निर्देशन सञ्चारकर्मी सन्तोष राईले गरेका हुन् ।