AArya
RUMPUM
animated ellipse animated ellipse

सुटिङमा थापा र तुलाधरलाई स्वर्ण

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ पुष २०७३, मंगलवार १९:५४
3
Shares

१२ पुस, विराटनगर /सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको सुटिङ खेलमा महिला पेस्तोल तर्फको पेस्तोलको ४ सय अंकमा मध्यपश्चिमाञ्चलकी कृष्ण थापाले ३ सय ६२ स्वर्ण पदक जितेकी छिन ।

नेपाल प्रहरीकी सिमा तुलाधरले ३ सय ५४ अंक सहित कास्य पदक हात पारेकी छन् । मध्यमाञ्चलकी संगीता कार्कीले ३ सय ५१ अंक सहित रजत पदक ल्याएकी छन् ।

यस्तै पुरुष पेस्तोलको ६ सय अंकमा मध्यमाञ्चलका सुमन तुलाधरले ५सय ५८ सहित स्वर्ण पदक हात पारेका छन् । मध्यमाअञ्चलका बदरदिन अन्सारीले ५सय ४५ अंक सहित कास्य पदक ल्याएका छन् । मध्यमाञ्चलका दिपेस खडकाले ५ सय ३८ अंक ल्याएर रजत हात पारेका हुन ।

भोलीे राइफल पदकको लागि प्रतिस्प्रधा हुने छ । जसकालागी महिला पुरुष दुबै तर्फ बाट ८/८ खेलाडी छनौट भएका छन् । छनौट भएका पुरुषहरु नाम र अंक यस प्रकार रहेको छ । टिकाराम श्रेष्ठ पुर्वाञ्चल ५ सय ७२ ,पवन घीमीरे मध्यपश्चिमाञ्चल ५सय ५२,अर्न घीमीरे मध्यपश्चिमा अञ्चल ५सय ४९,हरीवहादुर थापा नेपाल प्रहरी ५सय ४५ ,संजोज कृष्ण श्रेष्ठ मध्यपश्चिम ५सय ४३ ,सुसे चौधरी नेपाली सेना ५सय ४० ,असीम यादव पूर्वाञ्चल ५सय ३४ र विकास कुमार राय नेपाल प्रहरी ५ सय ३३ अंक ल्याएर छनौट भएका छन् । पुरुष राइफलको पूर्णाङक ६ सय रहेको छ ।

त्यसैगरी भोली पदकका लागी प्रतिस्प्रधा गर्न छनौट भएका महिला खेलाडीहरुको नाम यस प्रकार रहेको छ । फुलमाया क्यापछाकी नेपाल प्रहरी ३ सय ८० ,अस्मीता राई नेपाल प्रहरी ३सय ७६,कल्पना परियार नेपाली सेना ३ सय ७५ ,रुची सोमयी थापा मध्यपश्चिम ३सय ६८ ,दुर्गा सिन्जाली नेपाल प्रहरी ३ सय ६६ ,खुस्बु चौधरी पूर्वाञ्चल ३ सय ५८ ,सिता सिंह मध्यपश्चिम ३ सय ५६ र अर्चना साह पूर्वाञ्चल ३ सय ५६ रहेका छन् । महिला राइफलको पूर्णाङक ४ सय रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर