AArya
RUMPUM
animated ellipse animated ellipse

निर्वाचन क्षेत्र विकास कार्यक्रमको सुची सार्वजनिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१२ पुष २०७३, मंगलवार १६:३१
3
Shares
१२ पुस,विराटनगर/ सभासद तारा राईले निर्वाचन क्षेत्र विकास अन्र्तगत गरिने कार्यक्रमको सुची सार्वजनिक गरेकी छिन् ।

नेकपा एमालेबाट समानुपातिक सभासद भएकी राइले महिलाको स्वास्थ्यलाई बढी ख्याल राखेर बजेट बिनियोजन गरेकी छिन् । उनले कोशी अञ्चल अस्पताल प्रसुती विभागको पोष्ट अपरेटिभ वार्ड स्तर उन्नतीको लागि १० लाख रुपैया छुटयाएकी छिन् । उनले बहिरा मा.वि. कोचाखालमा महिला छात्रावासका लगि १ लाख ५० हजार बिनियोजन गरेकी छिन् ।

१९ वटा योजनामा ५० लाख रुपैया खर्च गर्ने योजना राईले सार्वजनिक गरेकी छिन् । त्यस्तै ब्रहमकुमारी राज योगको अधुरो भवन निर्माण गर्न १ लाख, महिला सिप ड्राई मेसिन द्धारा खाधपर्दाथ प्रिजरमेसन तालिमका लागि ३ लाख रकम छुटयाएको छ । टंकी सिनवारी ३, १ का वार्डहरुमा सडक स्तरउन्नती ग्राभेल गर्नका लागि पनि उनले बजेट छुटयाएकी छिन् ।

विराटनगर ३ मा सुर्य मार्ग बाटो कालो पत्रेका लागि ३ लाख,विराटनगर १५ मा बुद्ध विहार देखि धुधुवा सम्म नालाका ३ लाख ५० हजार छुटयाएको राइले जानकारी दिइन् । उनले आफुले संचालन गरेको योजना जनताले थाहा पाउन र विकासमा सहयोग पुगोस भन्ने हेतुले कार्यक्रम सार्वजनिक गरेको बताइन् । टंकी सिनवारी घर भएकी राईले सहकारीका माध्यमबाट महिलाहरुको उत्थानमा पनि सक्रियता जनाउदै आएकी छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर