११ पुस, विराटनगर /पूर्वाञ्चलमा जारी सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत दुई हजार एक सय ४२ पदकका लागि भइरहेको खेलमा आइतबारसम्म ४ सय ६५ वटा पदकको खेल सम्पन्न भइसकेका छन् ।
जस अन्तर्गत नेपाली सेनाले ६५ स्वर्णसहित १ सय २१ पदक प्राप्त गरेको छ भने दोस्रोमा नेपाल पुलिस क्लबले २४ स्वर्णसहित ७१ पदक पाएको छ । यसैगरी तेस्रोमा रहेको सशस्त्र प्रहरीको एपिएफ क्लबले १८ स्वर्णसहित ६५ पदक पाएको छ।
हेर्नुहोस् कसले कति पदक पाए तालिकामा
क्लब स्वर्ण रजत कास्य कुल
नेपाल आर्मी क्लब ६५ ३५ २१ १२१
नेपाल पुलिस क्लब २४ २२ २५ ७१
एपिएफ १८ १८ २९ ६५
मध्यमाञ्चल १२ २४ ३० ६६
मध्यपश्चिमाञ्चल ५ ६ २२ ३३
पश्चिमाञ्चल ४ १६ १६ ३६
पूर्वाञ्चल ४ ८ २४ ३६
सुदूरपश्चिमाञ्चल २ ५ ३० ३७ जम्मा १३४ १३४ १९७ ४६५