सातौं राष्ट्रिय खेलकुद सुटिङ महिलामा मध्यपश्चिमाञ्चलकी रुचि अगाडि
पूर्वाञ्चल खबर
११ पुष २०७३, सोमबार १८:२४
3
Shares
११ पुस,विराटनगर /सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत आज भएको सुटिङ खेलमा महिला राइफलको ४ सय अंकमा मध्यपश्चिमाञ्चलकी रुचि समयीले ३ सय ६८,नेपाल प्रहरीकी दुर्गा सीन्जालीले ३ सय ६० र पूर्वाञ्चलकी खुस्बु चौधरीले ३ सय ५८ अंक ल्याएकी छन् ।
त्यसैगरी महिला पेस्तोलको ४ सय अंकमा नेपाली सेनाकी सुनी महर्जनले ३ सय ४८ ,पश्चिमाञ्चलकी रेनु रिजालले ३ सय २१ र मध्यपश्चिमा अञ्चलकै माधवी श्रेष्ठले ३ सय १७ ल्याएकी छन् ।
यता पुरुष राइफलको ६ सय अंकमा पूर्वाञ्चलका टिकाराम श्रेष्ठले ५ सय ७२ ,मध्यपश्ञ्चिमाचलका संजोग श्रेष्ठले ५ सय ५४ र नेपाली सेनाका दिपक संजेलले ५ सय २३ ल्याएका छन् ।
त्यसैगरी पुरुष पेस्तोलको ६ सय अंकमा मध्यमाञ्चलका सुमन तुलाधरले ५ सय ५८ ,मध्यपश्चिमा अञ्चलका बदरविन अन्सारीले ५सय ४५ र मध्यपश्चिमाचलकै असत खानले ५ सय ३८ अंक ल्याएका छन् । प्रतियोगितामा महिला पुरुष गरी ८१ जना खेलाडीले भाग लिएका छन् ।