AArya
RUMPUM
animated ellipse animated ellipse

हक्कीमा मध्यमाञ्चल र सुदुरपश्चिम सेमिफाइलनमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

११ पुष २०७३, सोमबार १७:०६
3
Shares
११ पुस,विराटनगर/विराटनगरको दिल्ली पब्लिक स्कूलमा जारी १६ औं राष्ट्रिय पुरुष हक्की प्रतियोगितामा मध्यमाञ्चल र सुदूरपश्चिमञ्चल सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार भएको पहिलो खेलमा पश्चिमाञ्चललाई २–१ को गोल अन्तरले हराउँदै मध्यमाञ्चल सेमिफाइनलको यात्रा तय गरेको हो । मध्यमाञ्चलको तर्फबाट हरवेन्द्र सिंहले दुई गोल गरी टिमलाई समेमिफाइनको यात्रा दिलाए ।
दोस्रो खेल पूर्वाञ्चललाई ६–० गोल गर्दै सुदूरपश्चिमाञ्चल सेमिफाइलन पुग्यो । जितको लागि सुदूरपश्चिमाञ्चलको तर्फबाट शेरबहादुर चन्द, कान्तुराम पनेरु, केशब जोशीले १÷१ गोल गरेका थिए भने राजेन्द्र कार्कीले तीन गोल गरी ह्याट्रीक गर्न सफल भए ।
महिला तर्फको खेलमा मध्यमाञ्चललाई २–० गोल अन्तरले नेपाली सेनाले हरायो । नेपाली सेनाको तर्फबाट सीतामाया बलले दुई गोल गरेकी थिइन ।
दोस्रो खेलमा सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चाललाई ९–० गोलले निराश पा¥र्यो । सुदूरपश्चिमाञ्चलको तर्फबाट सुनिता मेघि, बिमला भट्ट, अन्जु दंगौरा, सन्जु चौधरीले १/१ गोल गरीन भने तुलसी दंगौरा २ गोल र सीमा चौधरीले ३ गोल गी ह्याट्रिन गर्न सफल भइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर