RUMPUM
animated ellipse animated ellipse

उर्लाबारी क्लवले सिसि क्यामेराको लागि सहयोग गर्ने

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ पुष २०७३, सोमबार १६:५२
3
Shares
११ पुस,उर्लाबारी / उर्लाबारी क्लवले उद्योग बाणिज्य संघ उर्लाबारीको अगुवाईमा जडान गरिन लागिएको सिसि क्यामेराको लागि १ लाख ११ हजार १ सय ११ रुपैंयाँ सहयोग गर्ने भएको छ ।

क्लबले पुस १६ गते राधिका माबि स्कुल डाँडामा आयोजना गर्ने फेसन सो तथा म्यूजिकल कार्यक्रममा हाउजी खेल पनि सञ्चालन गरेर उर्लाबारीमा जडान गरिन लागिएको सिसि क्यामेराको लागि सहयोग गर्ने भएको हो ।

क्लवका अध्यक्ष दिलकुमार श्रेष्ठ दिनेशका अनुसार उर्लाबारीमा हुने अपराधिक क्रियाकलाप न्यूनिकरण गर्न तथा दुर्घटनाको बारेमा स्थानीयलाई सिसि क्यामेराको माध्यमबाट थाहा होस भनेर उक्त कार्यको लागि सहयोग गरिन लागिएको हो ।

क्लवले साँगीतिक कार्यक्रम तथा फेसन सो को तयारी पनि तिब्र रुपमा भईरहेको जनाएको छ । उर्लाबारी—४ को राधिका माविमा हुने ‘मेगा फेसन शो एण्ड म्युजिकल फिएस्टा नाम दिइएको उक्त कार्यक्रममा सन् २०१५ कि मिस नेपाल सुबिन लिम्बू,नायिकाहरु सञ्जिता लुईटेल,रिमा विश्वकर्मा,गायक कमल खत्रि,मोडल दिपक घिमिरे तथा बिभिन्न ब्याण्डहरुको प्रस्तुति रहनेछ ।

कार्यक्रमको लागि स्वागत गेट निर्माण भईसकेको र प्रचारप्रसार तथा सहयोग कार्यक्रम भईरहेको क्लवका सचिब शोभित पुरीले जानकारी दिएका छन् । उर्लावारीलाई फेसन सो र साँगीतिक कार्यक्रमको माध्यमबाट चिनाउन र दर्शकदिर्घालाई मनोरन्जन दिलाउन उक्त कार्यक्रमको आयोजना गरिन लागेको सचिब पुरीले बताए । क्लवले यसअघि उर्लाबारी आसपासमा सडकबत्ति जडान पनि गरिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर