RUMPUM
animated ellipse animated ellipse

स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापीको वार्षिकोत्सव सम्पन्न

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० पुष २०७३, आईतवार २१:४०
3
Shares
१० पुस, विराटनगर/ पूर्व सञ्चार मन्त्रि तथा नेकपा एमालेका नेता शेरधन राईले राष्ट्रलाई स्वस्थ बनाउन चिकित्सा पद्धति महत्वपूर्ण रहेको बताए । उनले स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पतालले प्रदान गरेको सेवाको प्रशंसा गर्दै आगामी दिनमा पनि गुणस्तरीय सेवा प्रवाह गर्नेमा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रममा सांसद ऋषिकेश पोखरेल, बुद्धिजिवी मोरङका अध्यक्ष टिका पुरी, युवासंघका केन्द्रीय सचिव पर्शुराम बस्नेत, नेपाली कांग्रेसका नगर सभापति भीम पराजुली लगायतले प्राकृतिक चिकित्सालाई राज्यले वेवास्ता गरेको बताएका थिए
उनीहरुले सेवाको भावनालाई प्राथमिकतामा राखेर व्यवसाय गर्न अस्पताललाई आग्रह गरेका थिए । कार्यक्रममा डाक्टर सुनिल कुमार पौडेलले प्राकृतिक चिकित्सा पद्धतिको बारेमा जानकारी दिए । मकालु टेलिभिजनका कार्यकारी निर्देशक दिवश सुवेदी, समाचार शाखाका प्रमुख कमल पौडेल, नेकपा एमालेको विनोद ढकाल, सिडियो कार्यालयका प्रशासकीय अधिकृत नवराज कार्की लगायतको सहभागिता थियो ।
स्पार्क नेचुरोपेथी एण्ड फिजियोथेरापी अस्पतालले आज प्रथम वार्षिकोत्सवका अवसरमा अस्पतालले रक्तदान, निःशुल्क स्वास्थ्य शिविरलगायतका कार्यक्रम सञ्चालन गरेको छ । कार्यक्रममा ७० पिन्ट रगत संकलन भएको छ भने हिजो र आज गरी ३ सय २० जनाले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् ।
वार्षिकोत्सवका अवसरमा बोल्दै अस्पतालका अध्यक्ष रुपेश अधिकारीले अस्पतालले प्यारालाइसिस, हड्डी खिइएको, नशा च्यापिइएकालगायतका गरी १ वर्षमा १३ हजार २ सय बिरामीलाई सेवा प्रवाह गरेको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर