१० पुस, विराटनगर /औद्योगिक क्षेत्रमा कानुनी रुपमा वन्द हडताल गर्न नपाउने तथा नो वर्क नो पेको विरोध गर्दै नेपाली कांग्रेससँग आवद्ध नेपाल कारखाना श्रमिक संघले दोश्रो चरणको आन्दोलन घोषणा गरेको छ ।
संघले विराटनगरमा आज विराटनगरमा पत्रकार सम्मेलनगरी औद्योगिक व्यावसाय सम्वन्धि ऐनमा भएको श्रमिक विरोधी दफाहरु खारेज गर्न भन्दै श्रमिक संघले आन्दोलनको घोषणा गरेको हो ।
सामाजिक सुरक्ष ऐन र श्रम ऐन संसदमा छलफलमा भएकाले यो जस्ताको त्यस्तै लागु नगर्दा श्रमिकहरु मारमा पर्ने भएकाले ऐन खारेज हुनुपर्ने उनीहरुको माग छ । संघले पुस मसान्तदेखि माघ–१६ सम्म दवाव मुलक कार्यक्रम घोषणा गरेका छन । जस अन्र्तगत पर्चापम्पलेट वितरण, नेपाली कांग्रेसको पार्टी कार्यालयमा ज्ञापनपत्र वुझाउने, हातमा कालोपटी वाधेर कामगर्ने जस्ता आन्दोलनका कार्यक्रम घोषणा गरेका छन् ।
यसैगरी सरकारले निजिकरण गर्न लागिएका उद्योगहरुलाई सरकारले आफै संचालन गर्न समेत श्रमिकहरुले माग गरेका छन । शान्तिपूर्ण आन्दोलन गर्दापनि सरकारले आफना मागहरुलाई सम्वोधन नगरे फागुनको दोश्रो हप्तादेखि उद्योग कलकारखाना समेत वन्द गर्ने जनाएको छ । पत्रकार सम्मेलनमा वोल्दै श्रमिक संघका राष्ट्रिय अध्यक्ष धिरेन्द्र कुमार सिंहले आफूहरु नेपाली कांग्रेसको सुभेच्छुक संस्था भए पनि माग सम्वोधनका लागि काग्रेसले पहल नगरेको गुनासो गरे ।
कार्यक्रममा ट्रेड युनियन कांग्रेसका सह–कोषाध्यक्ष जर्नादन निरौलाले सामाजिक सुरक्षा ऐनलाई परिमार्जन नगरीकन पारित गरिए यसले मजदुरलाई मात्र होइन पत्रकारीता क्षेत्रलाई समेत प्रभाव पार्ने दावी गरे । संघ अन्र्तगत ४० हजार मजदुर आवद्ध छन ।