RUMPUM
animated ellipse animated ellipse

सातौं राष्ट्रिय खेलकुद – शुटिङको खेल आज देखि सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

९ पुष २०७३, शनिबार १९:३८
3
Shares
९ पुस, विराटनगर /सातौं राष्ट्रिय खेलकुद अन्तरगत आज देखि शुटिङको खेल सुरु भएको छ ।
मोरङको झापा बैजनाथपुरमा नवनिर्मीत शुटिङ रेन्जमा पूर्व युवा तथा खेलकुद मन्त्री पुरुसोत्तम पौडेलले उद्घाटन गरे । पूर्वमन्त्री पौडेलले शुटिङ रेन्जको उद्घाटन गरेर खेल समेत सुरु गरेका थिए ।
शुटिङ रेन्ज को छाना हाल्ने काम आज सम्म भइरहेकाले खेल सुरु हुन ढिलो भएको हो । आज भएको महिला पेस्तोलमा नेपाल आर्मीकी हेमा चौधरी ३ सय ४९ अंक ल्याएर प्रथम भइन् । त्यस्तै नेपाल प्रहरीकी सविता बस्नेत ३ सय ४८ अंक ल्याएर द्वतिय र पूर्वाञ्चलकी कमला राइ ३ सय १९ अंक ल्याएर तृतिय हुन सफल भइन् ।
आजै भएको महिला राइफल तर्फ ३ सय ४४ अंक ल्याएर मध्यपश्चिमाञ्चलकी शान्तिी बिष्ट प्रथम हुन सफल भइन् । त्यस्तै तिन सय ३९ अंक ल्याएर नेपाल पुलिसकी बिना परियार द्वतिय र पूर्वाञ्चलकी अमिता श्रेष्ठ २ सय ८६ अंक ल्याउदै तृतिय भइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर