वृहत सातौ राष्ट्रिय खेलकुद राष्ट्रपतिले उदघाटन गर्ने

खबर पूर्वाञ्चल, ७ पुष २०७३, बिहीबार १९:०२
७ पुस,विराटनगर/ वृहत सातौ राष्ट्रिय खेलकुद शुक्रवारदेखि सुरु हुदैछ । पूर्वाञ्चलमा पहिलो पटक आयोजिते खेलकुदको ‘कूम्भमेला’ राष्ट्रपति विद्यादेवि भण्डारीले उदघाटन गर्दै छिन् ।
प्रतियोगितामा सहभागिता हुन देशभरबाट प्रतिसपर्धी खेलाडी र खेल स“ग जोडिएका व्यक्तीहरु पूर्वाञ्चलमा उपस्थित भैसकेका छन् ।
प्रतियोगिताको उदघाटन हुने विराटनगर खेलमय भएको छ । उदघाटन सत्र हुने सहिद रंगशाला सिङगारिएको छ । भने बजारका विभिन्न स्थानमा स्वागत गेटपनि राखिएका छन् ।
पुष १५ गते सम्म सञ्चालन हुने प्रतियोगिताको सवै तयारी पूरा भएको छ । आज विराटनगरमा पत्रकार सम्मेलन गरी युवा तथा खेलकुद मन्त्री दलजित श्रीपाइलीले प्रतियोगिताको तयारी पूरा भएको जानकारी दिए । पत्रकार सम्मेलनमा बोल्दै श्रीपाइलीले पूर्वाञ्चल खेलकुदमय भएको बताउदै खेलले सवै क्षेत्रलाई जोडने बताए ।
प्रतियोगिता उदघाटन हुन एक दिन बाकी छदा सुटिङ बाहेक अन्य सवै खेल खेलाइने संरचना तयार भएको आयोजकको दावि छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशवकुमार विष्टले सुटिङ खेल खेलाइने स्थानपनि शुक्रवार सम्म तयार हुने दावि गरे ।
मोरङ, झापा, सुनसरी, धनकुटा, सिरहा, सप्तरी र उदयपूरमा आयोजना गरिने प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको आयोजकले दावि गरेको हो ।
सातौ राष्ट्रिय खेलकुदकालागि पूर्वाञ्चलमा निर्माण गरिएको संरचना सन २०१९ मा नेपालमा आयोजना हुने ‘सार्क खेलकुद’को लागि तयारी स्वरुप भएको यूवा तथा खेलकुद मन्त्रालयका सचिव महेशप्रसाद दाहालले बताए । विराटनगरको सहिद रंगसाला र बैजनाथपूरको क्रिकेट रंगशालालाई सार्क खेलकुदकालागि प्रथमिकतामा राखेर काम अघि बढाउने उनको भनाई छ ।
प्रतियोगिता सञ्चालनकालागि भन्दै सरकारले २८ करोड रुपैया बजेट विनियोजन गरिसकेको छ । तर अझै तीन करोड रुपैया अपुग भएको सदस्य सचिव विष्टले बताए । अर्थ मन्त्रालयले सुरुमा २० करोड रुपैया बजेट विनियोजन गरेको थियो । भर्खरै ८ करोड रुपैया बजेट विनियोजन गरेपनि तीन करोड रुपैया अपुग भएको विष्टको भनाई छ ।
प्रतियोगितामा विभिन्न ३० खेलमा ३ हजार ९ सय ७२ खेलाडी सहभागी हुने बताइएको छ । खेलाडीले २ हजार १ सय ४३ पदकका लागि प्रतिस्पर्धा गर्ने छन् । राष्ट्रिय खेलकुद प्रतियोगितामा किर्तिमान बनाउने खेलाडीलाई नगद २५ हजार रुपैया पुरस्कार प्रदान गरिने छ । भने स्वर्ण जित्ने खेलाडीलाई १५ हजार र टिम इभेन्टमा स्वर्ण जित्ने खेलाडीलाई पदक सहित ७ हजार नगद पाउने छन् । कुल पदकमध्ये १ हजार ९ सय ५० को मात्र गणना बताइएको छ ।
प्रतियोगितामा महिला–पुरुष फुटबल १÷१, एथलेटिक्स ३६, पुरुष बक्सिङ १०, महिला ९, तेक्वान्दो १६, करा“ते १७, महिला–पुरुष भारोत्तोलन १९, महिला–पुरुष भलिबल १/१, टेबल टेनिस ७, महिला–पुरुष कबड्डी १/१, कुस्ती ८, ब्याडमिन्टन ७, उसु २३, जुडो २१, महिला–पुरुष बास्केटबल १/१, चेस २, महिला–पुरुष ह्यान्डबल १÷१ लगायतखेलमा २ सय ९४ स्वर्ण पदक र रजतका लागि प्रतिस्पर्धा आयोजक समितिले जानकारी दिएको छ । यसैगरी ४ सय ४७ कांस्य पदककालागि प्रतिस्पर्धा हुने छ ।

तपाईको प्रतिक्रिया

खबर पुर्वान्चल

बिराटनगर, नेपाल

सम्पर्क: ०२१-५२४५८४

इमेल: mail@khabarpurwanchal.com

Khabarpurwanchal is Leading News Company In Eastern Development Region Of Nepal, Providing Up to date Local as well as country crunch News.