फिफा वरियतामा नेपाल दक्षिण एसियाली तीन देश भन्दा अगाडि
पूर्वाञ्चल खबर
७ पुष २०७३, बिहीबार १६:५०
3
Shares
फाईल तस्वीर
७ पुस,काठमान्डौं /फुटबलको सर्वोच्च निकाय फिफाले आज सार्वजनिक गरेको फिफको नयाँ वरियतामा नेपाल अथास्थितिमा १ सय ८१ औं स्थानमा कायम रहेको छ ।
दक्षिण एसियामा नेपाल बंगलादेश, श्रीलंका र पाकिस्तानलाई वरियतामा पछि पारेको छ । नेपाल भन्दा पछाडि रहेका बंगालदेश २ स्थान तल झर्दै १ सय ८५ औं तथा श्रीलंका र पाकिस्तान १ सय ९५ र १ सय ९७ स्थानमा यथावत रहेका छन् ।
दक्षिण एसियाली मुलुकहरूमा भारत २ स्थान माथि उक्लदै सबैभन्दा माथि १ सय ३५ औं स्थानमा उक्लिएको छ । यस्तै दोस्रो स्थानमा रहेको अफगानिस्तान एक स्थान माथि उक्लदै १ सय ४६ औं स्थानमा रहेको छ ।
यसैगरी माल्दिभ्स १ सय ५४ औं स्थानमा यथावत रहँदा भुटान एक स्थान तल झर्दै १ सय ७७ औं स्थानमा पुगेको छ ।
एसियाली मुलुकमा सबैभन्दा माथि २९ औं स्थानमा इरान रहेको छ ।
यस्तै समग्र वरियतामा शीर्ष १देखि २८ सम्म कुनै पनि मुलुक परिवर्तन भएका छैनन् । अर्जेन्टिना पहिलो र अमेरिका २८ औं स्थानमा छन् ।