AArya
RUMPUM
animated ellipse animated ellipse

सातौं राष्ट्रिय खेलकुद-महिला फुटबलमा मध्यमाञ्चल अन्तिम चारमा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

६ पुष २०७३, बुधबार १९:०५
3
Shares
५ पुस, दुहवी/ सातौं राष्ट्रिय खेलकुद अन्तर्गत महिला फुटबलमा मध्यमाञ्चल विजयी भई अन्तिम चारमा प्रवेश गरेको छ ।
समूह ख अन्तर्गत आज भएको खेलमा त्रिभुवन आर्मी क्लबसंग गोलरहित बराबरी गरेको मध्यामाञ्चल कुल ५ अंक सहित अन्तिम चारमा पुगेको हो । त्यसैगरि, आजै भएको अर्को खेलमा विभागिय टोली नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल एपीएफको टोलीपनि समान एक गोलको बराबरीमा रोकिएको छ ।
सुनसरीको दुहबीस्थित टेलिकमको खेलमैदानमा भएको समूह ख को खेल हेर्न लायक रहेको थियो । पछिल्लो दुइ खेलमा लगातार जित हात पारेको आर्मीलाई मध्यमाञ्चलले समान अंक बाड्न बाध्य बनाएको थियो । यस खेलसंग सेमिफाइनलको समीकरण पुरा भएको छ ।
मध्यामाञ्चलकी रोजिना श्रेष्ठ प्लेयर अफ दि म्याच भइन् । समूहमा तीन खेल खेलेको आर्मीको ७ अंक, मध्यमाञ्चलको ५ अंक भएको छ । त्यसैगरि, एक खेल बाकी रहेको पूर्वाञ्चलको हालसम्म १ अंक र मध्यपश्चिमाञ्चलको अंकविहीन रहेको छ ।
त्यसैगरि, आजै दुई विभागीय टोलीबीच भएको खेलपनि बराबरीमा सकिएको छ । समान एक अंक बाड्न बाध्य दुवै टोली यसअघिनै प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरिसकेका छन् । दुवै टोली रक्षात्मक रुपमा मैदानमा उत्रिएपनि पुलिसका लागि १८ औं मिनेटमा कुमारी गुरुङले गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिइन् । पहिलो हाफमा एक शुन्यले पछि परेको एपीएफले भने खेलको ३८ औं मिनेटमा बराबरी गोल फर्काएको थियो । सो गोलका लागि तेज कुमारी गुरुङको प्रहारमा पुलिसको गोलकिपर स्तब्ध बनेकी थिइन् ।
यस बराबरीसंग समूह क मा पुलिस र एपीएफको समान ७ अंक भएको छ । त्यसैगरि, पश्चिमाञ्चल र सुदूरपश्चिमाञ्चल भने अंक विहीन छन् । आजको खेलमा एपीएफकी गोलकिपर रुपा रानामगर प्लेयर अफ दि म्याच भइन् ।
प्रतियोगिता अन्तर्गत भोली हुने खेलमा पश्चिमाञ्लले सुदूरपश्चिमाञ्चलको र मध्यमाञ्चलले पूर्वाञ्चलको सामना गर्नेछ । यद्धपी यी चारै टोली प्रतियोगिताबाट बाहिरी सकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर