AArya
RUMPUM
animated ellipse animated ellipse

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटनलाई भव्य र मनोरञ्जानत्मक बनाउने

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

४ पुष २०७३, सोमबार १८:५२
3
Shares
पुष्पराज थपलिया
४ पुस विराटनगर/सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई भव्य र मनोरञ्जानत्मक बनाउन विभिन्न तयारी गरिएको छ ।img_0264

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता पौष–८ गते विराटनगरस्थित शहिद मैदानमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने कार्यक्रम छ । उद्घाटन कार्यक्रममा करिब २ हजार ५ सय जनाले पूर्वाञ्चलका संस्कृति, भाषा र पहिचान झल्काउने सांस्कृतिक कार्यक्रम र झाँकीहरु देखाउने कार्यक्रम रहेको सातौं राष्ट्रिय खेलकुद समारोह समितिले जनाएको छ ।

सातौं राष्ट्रिय खेलकुदलाई राष्ट्रकै गौरवकारुपमा स्थापित गर्न उद्घाटन कार्यक्रमलाई भव्य बनाउन लागिएको आयोजकले जनाएको छ । यसका लागि विराटनगरका विभिन्न १७ वटा विद्यालयका १ हजार ५ सय विद्यार्थीहरुलाई नृत्यका लागि प्रशिक्षण भइरहेको छ ।

यसैगरी नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीहरुको छुट्टा–छुट्टै प्रस्तुतिका लागि पनि तयारी भइरहेको बताइएको छ । उद्घाटन समारोहलाई भव्य बनाउन करिब ९० लाख रुपैयाँ खर्च लाग्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर