RUMPUM
animated ellipse animated ellipse

तनुजाको खालि थिए म को भिडीयो सार्वजनिक

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

४ पुष २०७३, सोमबार १७:१३
3
Shares
तेजन खड्का
४ पुस उर्लाबारीे / गीतकार तथा सञ्चारकर्मी तनुजा शर्माको शब्द रहेको एकल गीति संग्रह ‘नशामा’ एल्मबमा समाबिष्ट गीत ‘खालि थिए म,तिमी भर्न आयौ’को भिडीयो सार्वजनिक भएको छ ।tanuja-1
युट्युव मार्फत सार्वजिनक गरिएको उक्त गीतको भिडीयोमा चर्चित गायक शिव परियारको स्वर तथा राजु सिंहको संगीत रहेको छ । बबु थापाले निर्देशन गरेको भिडीयोको छायाँङ्कन राजेश घिमिरेले गरेका हुन् ।
राजधानीका रमणिय स्थलहरुमा छायाँङ्कन गरिएको तनुजाले बताईन् । श्रीदेब भट्टराई र गीतकार स्वय तनुजाले उक्त गीतको भिडीयोमा अभिनय गरेकी छिन् । गीति लेखनसँगै आफ्नो रुचि अभिनयमा पनि रहेकोले आफुले पनि अभिनय गरेको तनुजाले बताईन् । तनुजाले आफ्नै गीत मार्फत मोडलिङमा डेब्यु गरेकी छिन् ।
आफ्नो अभिनय र गीति लेखनबाट राम्रो प्रतिक्रिया आईरहेको तनुजाले बताईन् । तनुजा भन्छिन्,‘ अझ मलाई थप उर्जा मिलेको छ । समय मिलाएर यस क्षेत्रलाई निरन्तरता दिने सोच छ । तनुजाको नशामा एल्बमको प्रमोसन बिन्धवासिनी म्युजिक प्रालिले गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर