AArya
RUMPUM
animated ellipse animated ellipse

सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पुरा

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३ पुष २०७३, आईतवार २०:०६
3
Shares
३ पुस,विराटनगर / आउँदो पुस ८ देखी १५ गतेसम्म पूर्वाञ्चलमा हुने सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ ।
विराटनगरमा आज राष्ट्रिय खेलकुद परिषदले पत्रकार सम्मेलन गरी प्रतियोगिताको सम्पूर्ण तयारी पुरा भएको जानकारी गराएको हो ।
परिषदका सदस्य सचिव केशवकुमार विष्टले प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएकाले अव कुनैपनि खेल र खेलाइने स्थान परिवर्तन नहुने वताएका छन् ।  प्रतियोगिता संचालनका लागि सम्पुर्ण काम सकिएको हुनाले ‘कुनैपनि बहनामा खेल परिवर्तन गरिने छैन र स्थानपनि परिवर्तन हुदैन – सदस्य सचिब बिष्टले भने ।’
सातौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३५ खेल समावेश गरिएको छ । प्रतियोगिताको २७ खेल पूर्वाञ्चलको सुनसरी, मोरङ सिरहा,सप्तरी,धनकुटा,उदयपुर र झापामा हुने छन । बाँकी खेलहरु पोखरा तथा ललितपुरमा भइसकेको छ ।
सुनसरीमा १५, मोरङमा १३, झपामा ५, सिराहामा १, सप्तरीमा १ र ईलाममा १ खेल आयोजना हुने भएको छ । यसका अवला धनकुटा, सप्तरी, सिराह, उदयपुर, ललितपुर, काठमाण्डौ र पोखरामा एक एक खेल समावेश गरिएको छ ।
प्रतियोगिको उद्घाटन पुस ८ गते विराटनगरको सहिल रंगशालामा हुनेछ । सातौ राष्ट्रिय प्रतियोगितामा ४ हजार ३ सय १० जना खेलाडी छनौट भएका छन । उनीहरु क्षेत्रिय छनौट चरण पार गरी आएका हुन । जसमा १ हजार ६ सय ६९ जना महिला खेलाडी सहभागि हुनेछन् ।
प्रतियोगिातमा २ सय ९४ स्वर्ण २ सय ९४ रजत र ४ सय ४७ कास्य पदक गरी कुल १ हजार ३५ पदका लागि प्रतिस्पर्धा गर्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर