CLASSICTECH NET

कन्काई विकास वैंकको शाखा कार्यालय विराटनगरमा

खबर पूर्वाञ्चल, १ पुष २०७३, शुक्रबार २०:०९
१ पुस ,विराटनगर/ कन्काई विकास बैंकले विराटनगरमा ११ औं शाखाको रुपमा विराटनगर– ९ मेनरोडमा शाखा विस्तार गरेको छ ।
विराटनगरमा आज एक कार्यक्रम आयोजना गरी नयाँ शाखाबाट कारोबार शुरु गरेको जानकारी गराएको हो ।
ग्रामिण भेगको जनताको पुजीलाई एकिकृत गर्ने उद्देयले झापा, इलाम र मोरङ जिल्लालाई कार्यक्षेत्र बनाएर संचालनमा आएको बैंकको शाखा कार्यालय नेपाल राष्ट्र बैंकका डिपुडि गर्भनर चिन्तामणि शिवाकोटीले उद्घाटन गरेका थिए । ग्रामिण क्षेत्रमा रहेको पुँजीलाई संकलन गरी त्यस क्षेत्रको विकासमा योगदान गर्ने उद्देश्यले स्थापना भएको बैंकले कारोवारको दायरालाई फराकिलो बनाउँदै शहरमा शाखा विस्तार गरेकोे बैंकका अध्यक्ष सेवक दाहालले बताए ।
कुल २० करोड अधिकृत पुँजी भएको विकास बैंकको चालु पुँजी १२ करोड ५० लाख रुपैंया छ भने १२ करोड ५० लाख नै चुक्ता पुँजी रहेको कार्यकारी अधिकृत प्रकाश बज्रचार्यले जानकारी दिनुभयो । २०६४ सालमा स्थपना भएको बैंकले विना धितो एक लाख रुपैयाँ सम्म कर्जा दिने अधिकृत बज्रचार्यले बताए ।
बैंकको शाखा उद्घाटन गदै डेपुटी गभर्नर शिवाकोटीले मुलुकको आर्थिक अवस्था चिन्ताजनक रहेको बेला आर्थिक गतिविधिलाई गतिशिल बनाउन बैंकहरुको महत्वपूर्ण भूमिका हुने बताए । उनले चालु आर्थिक वर्षको पछिल्लो तीन महिना महंगी ६ दशमलव ७ प्रतिशतमा झरेर अर्थतन्त्रमा सकारात्मक अवस्था देखिएपनि भारत सरकारले भारतीय ५ सय र एक हजारको नोटमा प्रतिवन्ध लगाएपछि मुल्यवृद्धि केही बढ्ने अनुमान गरिएको बताए ।
भारतले आगमी अप्रिल महिनासम्म भारतीय मुद्रा सटही नगरिदिने बताएका कारण पनि भारतीय खुद्रा नोटको अभावमा सीमा क्षेत्रमा हुने आर्थिक कारोवारमा कमी आई अर्थतन्त्रमा केही नोक्सानी हुने देखिएको उनको भनाई थियो । भारुको पछिल्लो अवस्थाका कारण बैंकहरुमा तरलता देखापरेको र त्यसले गर्दा राष्ट्र बैंकले बैंकहरुमा गर्नें लगानीको व्याजसमेत वृद्धि भएको उहाँले जानकारी दिए ।
आन्तरिक उत्पादन वृद्धि नभएसम्म मुलुकको अर्थतन्त्रमा सुधार आउन नसक्ने बताउनुहुँदै डेपुटी गभर्नर शिवाकोटीले कृषि, पर्यटन, उत्पादनशिल क्षेत्र पहिचालन गरी लगानी केन्द्रीत गर्न आग्रह गरे । घरजग्गा, प्लटिङ आदि कारोवारलाई प्रोत्साहन दिन नहुने भन्दै उनले त्यसले दिर्घकालमा मुलुकलाई वेरोजगारी र आर्थिक संकट तर्फ लैजानेमा बैंकहरु सचेत हुनुपर्ने उहाँले बताए ।
पछिल्लो समयमा शोधानान्तर घाटाको अवस्थामा सुधार आएको अहिले २२ अर्व रुपैंया बचतको रहेको भन्दै त्यसलाई विकासमा लगाउनु आवश्यक रहेको उहाँले बताउनुभयो ।
विराटनगरमा स्थापना भएको शाखापछि नेपालमा सबै बैंकहरुको गरी ४ हजार ३ सय १० वटा शाखा पुगेको छ ।

तपाईको प्रतिक्रिया

खबर पूर्वाञ्चल

खबर पूर्वाञ्चल मिडिया प्रालीद्वारा सञ्चालीत खबर पूर्वाञ्चल डट कम
सञ्चालक तथा प्रवन्धक निर्देशक – पुष्पराज थपलिया
सम्पर्क नं. ९८५२०२९८२२, ९८०७०६१९९२
Email: pushpa.biratnagar@gmail.com
सम्पादक – डिल्ली पोखरेल
सुचना तथा प्रसारण विभाग दर्ता नं. ०७५७/०७४/७५