१ पुस ,विराटनगर/विराटनगरमा शुक्रवारदेखि ‘वेन विन्टर मेला’ सुरु भएको छ । दुई दिनसम्म चल्ने मेलामा जाडौ महिनामा प्रयोग गरिने सामाग्रिको साथै विभिन्न उत्पादनहरु प्रदर्शनीमा राखिएका छन् ।
हस्तकलाका सामाग्रीहरु, वालवालिकाको खेलौना, लेडिज तथा जेन्टस् कपडा, ढाका, खाजाका परिकार तथा सांस्कृतिक पहिरन, पस्मिनाका सामाग्रिहरु बिक्रीकालागि राखिएका छन् ।
विराटनगरको ट्राफिक चौक नजिकै रहेको होटल नमस्कारको परिसरमा मेला आयोजना गरिएको र मेलामा उल्लेख्य सहभागिता रहने आयोजक समितिका अध्यक्ष मालिका रिजालले जानकारी दिए ।
मेलामा व्यवसायिक उत्पादनका ३२ स्टलहरु राखिएका छन् भने विभिन्न खानाका परिकारहरुको ६ वटा गरी ३८ स्टलहरु राखिएका छन् । दुई दिनसम्म चल्ने मेलामा ५ हजार दर्शकले अवलोकन गर्ने अनुमान आयोजकले गरेको छ ।
घरभीत्र खुम्चिएर रहेका महिलाहरुलाई बाहिर निस्कन प्रेरित गर्ने र हस्तकलाका सामाग्रिहरुलाई प्रोत्साहन गरी बजार प्रवद्र्धनमा सहयोग गर्ने उद्धेश्यले मेला आयोजना गरिएको महिला उद्यमी संघकी अध्यक्ष रिजालले बताइन् । मेलाको सभाषद तथा मोरङ व्यापार संघका अध्यक्ष पवनकुमार सारडाले उद्घाटन गरेका थिए ।