RUMPUM
animated ellipse animated ellipse

गोदावरी उपाधि नजिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१ पुष २०७३, शुक्रबार १५:४५
3
Shares
१ पुुस ,विराटनगर / गोदावरी बोर्डिङ स्कूल विराटागरमा जारीे पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिता उपाधि नजिक पुगेको छ ।
पूर्वाञ्चल एकाडेमीको आयोजनामा आज भएको अन्तिम सेमीफाइनल खेलमा गोदावरीले आर्दश स्कूललाई ६ विकेटले पाजित गरेको छ । टस हारेर ब्याटिङ गरेको आर्दशले निर्धारित २० ओभरको खेलमा १४ दशमलव ३ बलमा सवै विकेट गुमाई ४९ रनको योगफल तयार पारेको थियोे । विवेक निरौलाले १० रनकोे योगदान गरेका थिए । गोदावरीका म्यान अफ द म्याचसौरभ सोनि ३ विकेट तथा विनय यादव र अरुन यादवले २–२ विकेट लिएका थिए ।
जवाफमा ५० रनको विजय लक्ष्य पछ्याएको गोदावरीले ५ दशमलव १ बलमा ४ विकेट गुमाई सो विजय लक्ष्य पार गरेको थियो । आकाश चौधरीले १४ रनको योगदान दिएका थिए । आर्दशका विनय चौधरीले ३ विकेट लिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर