AArya
RUMPUM
animated ellipse animated ellipse

बालककोे अपहरण पश्चात हत्या, आरोपमा तीन पक्राउ

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

३० मंसिर २०७३, बिहीबार २२:०७
3
Shares
३० मंसिर,सप्तरी/ सप्तरी हरीपुर गाविस ३ का रामगोबिन्द साहका ८ वर्षीय छोरा दुर्गानन्द साहकोे अपहरण पश्चात हत्याको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
साहको शव उनकै छिमेकी पन्नालाल साहको शौचालयकालागि सिमेन्टले बनाइएको हबबाट बरामद गरेको प्रहरीले जनाएको छ ।
गत मंसिर ११ गते साँझ साढे ६ बजे जिल्लाको पश्चिम गाविस हरिपुर ३ स्थित सार्वजनिक बाटोबाट अपहरित साहको अपहरण पश्चात हत्या गरी शवलाई छिमेकी पन्नेलाल साहको शौचालयको सेफ्टीट्याङभित्र फालेको अवस्थामा फेला परेको थियो ।
जिल्ला प्रहरी कार्यालय सप्तरीले बालकको हत्या आरोपमा सप्तरी हरिपुर गाविस ३ का २७ वर्षिय चुडामणि ठाकुर, सोही गाविस वडा नम्बर १ का १९ वर्षिय रामबाबु गुप्ता साह र देउरी गाविस २ का २२ वर्षिय कपिलदेव दासलाई पक्राउ गरी सार्वजनिक गरेको हो ।
दास चै अपहरणकारीलाई  १० वटा सिम बिना नागरिकता दिने ब्यक्ती हुन् । यति मात्र होइन तँ यही नम्बरबाट फिरौती माग, जे पर्छ म सम्हाल्छु भनेर हौस्याउने काम समेत दासले गरेको देखिएको प्रहरी जानकारी गराएको छ ।
अपहरणको ६ दिन पश्चात अपहरणकारीले बालककी आमा ममताको मोवाइलमा हिन्दी भाषामा लेखिएको एसएमएस आयो, जसमा ‘आपका बच्चा हमारे कब्जेमे है । जल्दसे पाँच लाख नेपाली रुपैयाँका इन्तजाम करो । पुलिसको खबर किया तो बच्चाका लाश भी नहि मिलेगा’ लेखिएको थियो ।
बिहान ८ बजेर ४२ मिनेटमा आएको यो एसएमएसको दुई मिनेटमै अर्काे एसएमएस आयो, ‘चलाखी करनेका कोसिस नहि करना ।’
यस्तो एसएमएसपछि परिवारले प्रहरीलाई जानकारी गराइयो । यसपछि वेपत्ता बालकको खोजी गर्ने क्रममा रहेको सप्तरी प्रहरीको अनुसन्धान मोडियो । प्रहरीले कल डिटेल र आधुनिक प्रविधीको प्रयोग गरी घटनाको अनुसन्धान पश्चात उनीहरुसम्म पुग्न सफल भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख प्रहरी उपरीक्षक दिवश लोहनीले बताए ।
पक्राउ परेका तीनै जनालाई जिल्ला प्रहरी कार्यालय सप्तरीबाट कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर