AArya
RUMPUM
animated ellipse animated ellipse

यूरो किड्स उपाधि नजिक

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२८ मंसिर २०७३, मंगलवार १४:३२
18
Shares

२८ मंसिर,विराटनगर /यूरो किड्स स्कुल विराटागरमा जारीे पूर्वाञ्चल स्तरीय प्रथम स्व. सखिचन्द राजवंशी मेमोरियल अन्तर स्कूल क्रिकेट प्रतियोगिता उपाधि नजिक पुगेकोे छ ।

 पूर्वाञ्चल एकाडेमीको आयोजनामा आज भएको पहिलो सेमीफाइनल खेलमा यूरो किड्सले नमुना विद्या मन्दिरलाई ५ विकेटले पाजित गरेको छ । टस जितेर ब्याटिङ गरेको नमुनाले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सय १९ रनको योगफल तयार पारेको थियोे । अनिस श्रेष्ठले ४६ रनकोे योगदान गरेका थिए । यूरो किड्सका सुभम दास र सचिन क्षेत्रिले ४–४ विकेट लिएका थिए ।

जवाफमा १ सय २० रनको विजय लक्ष्य पछ्याएको यूरो किड्सले १७ दशमलव २बलमा ५ विकेट गुमाई सो विजय लक्ष्य पार गरेको थियो । सचिन क्षेत्रिले नटआउट ३६ रन र सुभम दास २२ रनको योगदान दिएका थिए । नमुनाका अनिस श्रेष्ठले ४ विकेट लिएका थिए ।

खेलको म्यान अफ द म्याच नमुनाका अलराउण्डर खेलाडि अनिष श्रेष्ठ घोषित भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर