२७ मंसिर,विराटनगर / निजी तथा आवासीय विद्यालय अर्गनाईजेन नेपाल (प्याब्सन) मोरङको नवनिर्वाचित कार्यसमिति तथा पदाधिकारीलाई पदस्थापन गराएका छन् ।
विराटनगरमा आज एक कार्यक्रम आयोजना गरी निर्वतमान अध्यक्ष टिकाराम ढकालले निर्वाचित अध्यक्ष बासुदेव न्यौपानेलाई पदस्थापन गराएका हुन् ।
प्याब्सन मोरङकोको १३ औं जिल्ला अधिवेशनबाट बासुदेव न्यौपानेको अध्यक्षतामा १७ कार्यसमिति शनिबार सर्वसम्मत रुपमा चयन भएको थियो । अधिवेशनले १५ जना महाधिवेदन प्रतिनिधिसहित लेखा तथा सुपरिवेक्षण समिति र अनुशासन समिति समेत गठन गरेको छ ।
कार्यक्रममा प्याब्सनका केन्द्रीय सदस्य राजेशकुमार दास, प्याब्सनका पूर्वकेन्द्रीय सदस्य खगेन्द्र पाण्डे, निर्वतमान अध्यक्ष टिकाराम ढकाल, एजुकेशन हेल्पलाइनको अध्यक्ष राजेन्द्र ढकाल, अभिभावक संघ पूर्वाञ्चलका अध्यक्ष देवी पन्थीलगायले नवनिर्वाचित पदधिकारीको कार्यसफलताको शुभकामना दिएका थिए ।