AArya
RUMPUM
animated ellipse animated ellipse

महिला फुटबलमा उदयपुर र मोरङ क्वाटरफाइनलमा प्रवेश

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२६ मंसिर २०७३, आईतवार १९:१६
3
Shares
२६,मंसिर, विराटनगर /सातौं राष्ट्रिय खेलकुदका लागि पूर्वाञ्चल क्षेत्रीय छनोटका खेलहरु जारी रहेका छन् ।
विभिन्न खेलमा विजयी हुँदै खेलाडी छनोट भएका छन् भने केहीमा प्रतिष्पर्धा जारी रहेको छ । आज उदयपुरको गाईघाटमा सम्पन्न बास्केटबल खेलमा सुनसरी प्रथम, उदयपुर द्वितिय र इलाम तृतिय भए । त्यसैगरि राजविराजमा भएको भारोत्तोलनको पुरुषतर्पm ८५ केजी तौल समूहमा मोरङका अर्जुनदेव राजवंशी, ९४ केजी तौल समूहमा सप्तरीका राजेश झा, १ सय ५ केजी तौल समूहमा सप्तरीकै रामदयाल मण्डल र १ सय ५ केजी माथि झापाका प्रशिष रुचाल छनोट भएका छन् । अन्य खेलाडीहरु यसअघि नै छनोट भएका थिए ।
झापाको सुरुङ्गामा जारी पुरुष भलिबल लिग खेलमा खोटाङले उदयपुरलाई पराजित गरेको छ । सोलुखुम्बुले धनकुटालाई पराजित ग¥यो । मोरङले इलामलाई पराजित गरेको छ । त्यस्तै ओखलढंगाले तेह्रथुमलाई पराजित ग¥यो । भोजपुरले सुनसरीलाई पराजित ग¥यो । सिरहाले पाँचथरलाई पराजित ग¥यो । ताप्लेजुङले सुनसरीलाई पराजित ग¥यो । झापाले संखुवासभालाई हरायो ।
मोरङमा भएको महिला फुटबल खेलको पहिलो खेलमा उदयपुरले खोटाङलाई सडेन डेथमा ३–२ को गोलमा पराजित गरेको छ । खेलको निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि पेनाल्टी भएको थियो । पेनाल्टीमा पनि बराबरी भएपछि खेलको निर्णय सडेन डेथको आधारमा भएको थियो । उदयपुर विजयी हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको छ । त्यसैगरी दोस्रो खेलमा मोरङले इलामलाई ३–० को गोलमा पराजित गर्दै क्वाटरफाइनलमा प्रवेश गरेको छ । मोरङका लागि मना राई, कोपिला धिमाल र रश्मि राईले गोल गरे ।
त्यसैगरी झापामा भएको पुरुष फुटबलतर्पm सप्तरीले इलामलाई सडेन डेथमा ४–३ को गोलमा पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको निर्धारित समयमा दुवै टिमबाट १–१ गोलको बराबरी भएपछि खेल पेनाल्टीमा गएको थियो । पेनाल्टीमा पनि बराबरी भएपछि खेलको निर्णय सडेन डेथको आधारमा भएको हो । त्यस्तै दोस्रो खेलमा मोरङले संखुवासभालाई ३–० को गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरकोे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर