AArya
RUMPUM
animated ellipse animated ellipse

मिस विराटनगरको दोस्रो अडिसनबाट २० जना छनौट 

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ मंसिर २०७३, शनिबार २२:५६
3
Shares
२५ मंसिर,विराटनगर/युवतीहरुमा भएको प्रतिभा प्रस्फुटन गर्ने उेद्दश्यले आयोजना गरिएको मिस विराटनगरको दोस्रो अडिसन सम्पन्न भएको छ ।
विराटनगरमा शनिबार भएको दोस्रो अडिसनबाट १६ जना र पहिलो अडिसनबाट ४ जना गरी  २०  किशोरी छानिएका छन् ।
दोस्रो अडिसनको निर्णक मण्डलहरुमा एक्टिभ मिडीयाकी आभा अनुपमा, मकालु टेलिभिजनका सिइओ दिवश सुवेदी मिस विराटनगरका निर्देशक अमित गुप्ता एमएम प्रा्ड्क्शनकी भिजे रिता कट्टेल रहेका थिए । त्यसैगरी प्रमुख अतिथीमा व्यूटिसीयन चन्द्रकला राई रहेका थिए ।
 अंग्रेजी महिनाको  नयाँ वर्ष २०१७ को अवसर पारेर आयोजना गरिएको प्रतियोगिता एक्टिभ ईन्टरनेशनल मिडिया प्रालिको आयोजना  तथा लक्ष्य ईम्पोरियम विराटनगरको सहकार्यमा हुदैछ  ।
दोस्रो अडिसनबाट छनौट भएका किशोरीहलाई आगामी पुस १७ गते अर्थात नयाँ वर्षको उपलक्ष्यमा विराटनगरमा हुने फाइलनमा प्रवेश गराउने मिस विराटनगरका मेनेजिङ्ग डाईरेक्टर कौशलभगतले  जानकारी दिए ।
 किशोरीहरुलाई टे«निङ्ग अवधीभर  व्यक्तित्व विकास, भाषण कला, पहिरान, आउड डोर फोटो सुट गर्नुको साथै प्रतिभा उजार गर्ने मुख्य उद्देस्य रहेको छ ।  साथै ट्रेनिङ्गको संयोजन एम.एम प्रोडक्शनकी भिजे रिता कटेलले गर्नेभएकी छिन् ।
प्रतियोगिताको विजेताले नगद १ लाख १ हजार नगद प्राप्त गर्नेछन् । यस्तै फस्टरनरअपले नगद ५१ हजार र  सेकेन्ड रनरअपले २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर