AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

निजी विद्यालयमैत्री निति बनाउन प्याब्सनको माग

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२५ मंसिर २०७३, शनिबार १५:०६
3
Shares
२५ मंसिर ,विराटनगर/ निजी विद्यालयका सञ्चालकहरुले विद्यालयमैत्री निति निमार्ण गर्न सरकारसँग आग्रह गरेका छन् ।
प्याब्सन मोरङको आज शनिबार विराटनगरमा भएको १३
 प्याब्सन मोरङको १३ औं जिल्ला अधिवेशने उद्घाटन गर्दै प्याब्सनका केन्द्रीय अध्यक्ष लक्ष्यबहादुर केसी तस्वीर -पुष्पराज थपलिया

प्याब्सन मोरङको १३ औं जिल्ला अधिवेशने उद्घाटन गर्दै प्याब्सनका केन्द्रीय अध्यक्ष लक्ष्यबहादुर केसी तस्वीर -पुष्पराज थपलिया
 औं जिल्ला अधिवेशनको उद्घाटन शत्रमा सञ्चालकहरुले यस्तो बताएका हुन ।
कार्यक्रममा बोल्दै प्याब्सनका केन्द्रीय अध्यक्ष लक्ष्यबहादुर केसीले राज्यले निजी विद्यालयलाई अंकुस लगाउन खालको निर्देशिका ल्याएको हुनाले त्यस्तै निर्देशिका तत्काल परिमार्जन गर्नुपर्ने बताएका हुन् । २ खर्ब बढी लगानी गरेको निजी विद्यालय लगानी जोखिममा परेको भन्दै अध्यक्ष केसीले सरकारले ल्याएको निर्देशिकाले परिमार्जन गरी विद्यालयमैत्रि निती निमार्ण गर्नुपर्नेमा जोड दिएका छन् ।
कार्यक्रममा बोल्दै केन्द्रीय सदस्य आर.बी. कटुवालले राज्यले विद्यालयलाई संरक्षण गर्नुको सट्टा विभेदकारी निती ल्याएर निजी स्कुल बन्द गर्ने तिर लागि परेको आरोप लगाएका छन् ।
प्याब्सन पूर्वाञ्चलका सल्लाकार टिकाराम पुरीले राज्यले निजी विद्यालयहरुको संरक्षण गर्न अब विद्यालयमैत्री निती निमार्ण गर्न जरुरी रहेको बताएका छन् ।
प्याब्सनका केन्द्रीय सदस्य सन्तोषमणि न्यौपाने, एन प्याब्सन मोरङका अध्यक्ष राजन छाराहाङ्ग, नेपाल पत्रकार महासंघ मोरङ शाखाका अध्यक्ष महेन्द्र विष्ट, अभिभावक संघ पूर्वाञ्चलका संयोजक देबी पन्थीलगायले शुभकामना मन्तब्य राखेका थिए ।
सम्मानित भएपछि सामुहिक तस्वीर खिचाउदै
सम्मानित भएपछि सामुहिक तस्वीर खिचाउदै
सोही अवसरमा पत्रकार विनोद भण्डारी सहित दुई जनलाई सम्मानित गरिएको छ । शिक्षा क्षेत्रमा उल्लेखिय योगदान पु¥याउने टिकाराम पुरी र साहित्यकार सरिता गौतमललाई सम्मान गरिएको थियो । उनीहरुलाई कदर पत्र र दोसल्ला ओढाएर कार्यक्रमको प्रमुख अतिथि प्याब्सनको केन्द्रीय अध्यक्ष केसीले सम्मान गगरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर