AArya
RUMPUM
animated ellipse animated ellipse

तीर्थयात्री सवार बस दुर्घटना,३ को मृत्यु

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२४ मंसिर २०७३, शुक्रबार १४:५२
3
Shares
२४ मंसिर, उदयपुर / तीर्थयात्री सवार यात्रुबस उदयपुरमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुर्घटनामा अन्य २६ जना घाइते भएका छन् ।
खोटाङको प्रसिद्ध हलेसी महादेव मन्दिरको दर्शन गरेर फर्किँदै गरेका तीर्थयात्री सवार बा ४ ख ३६२० नम्बरको बस उदयपुरको लेखानीमा आज बिहान दुर्घटना भएको हो ।
चालकसहित ४२ जना रहेको बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै र एकजनाको अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मृतकमध्ये सप्तरीका १३ वर्षीय दिपेश रामको मात्र सनाखत भएको प्रहरीले जानकारी दिएको छ । उनको पेटमा गम्भीर चोट लागेको थियो । गम्भीर अवस्थाका दुई जना घाइतेलाई उपचारका लागि धरानको घोपा अस्पताल रिफर गरिएको छ ।
अन्य २४ जनाको भने जिल्लास्थित कटारी अस्पतालमा उपचार भइरहेको प्रहरील जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर