AArya
RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चलमा भएका छनौट खेलको आज विभिन्न खेल सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

२३ मंसिर २०७३, बिहीबार १९:३१
3
Shares
२३, मंसिर, विराटनगर /सातौं राष्ट्रिय खेलकुदका लागि पूर्वाञ्चलमा भएका छनौट खेलको आज विभिन्न खेल सम्पन्न भएको छ ।
सुनसरीमा भएको एथलेटिक्स खेल अन्तरगत पुरुषततर्फ २ सय मिटर दौडमा मोरङका राहुल माझी प्रथम, मोरङका मनिष श्रेष्ठ दोस्रो, सुनसरीका पंकज खरेल तेस्रो भए । ४गुणा ४ सय मिटर रिले दौडमा झापा प्रथम, मोरङ दोस्रो र उदयपुर तेस्रो भयो । ज्याभेलिङ थ्रोमा मोरङका घनश्याम विक प्रथम, मोरङका दिवाकर राजवंशी दोस्रो र धनकुटाका हेमबहादुर भुजेल तेस्रो भए । त्यस्तै लङजम्पमा सुनसरीका श्यामकुमार चौधरी प्रथम, मोरङका सुरज माझी दोस्रो र मोरङकै मनिष श्रेष्ठ तेस्रो भए ।
त्यसैगरी महिलातर्फ २ सय मिटर दौडमा सुनसरीकी विविसा निरौला प्रथम, सुनसरीकै नेहा चौधरी दोस्रो र सप्तरीकी यसोदा चौधरी तेस्रो भईन । १५ सय मिटर दौडमा खोटाङकी दिरुपा बस्नेत प्रथम, ताप्लेजुङकी सफलमु शेर्पा दोस्रो र सुनसरीकी यसोदा चौधरी तेस्रो भईन । लङजम्पततर्फ संखुवासभाकी सुनिता गुरुङ प्रथम, मोरङकी अर्चना यादव दोस्रो र निकिता धिमाल ‘ए’ तेस्रो भईन ।
ज्याभलिङ थ्रोमा संखुवासभाकी मेनुका श्रेष्ठ प्रथम, ताप्लेजुङकी जानुका केदेम दोस्रो र पाँचथरकी कल्पना लिम्बू तेस्रो भईन ।
सुनसरीमा भएको एथलेटिक्स खेलमा महिलाततर्फ सुनसरीकी नेहा चौधरी, सुनसरीकी विविशा निरौला, सुनसरीकै यसोदा चौधरी, खोटाङकी दिरुपा बस्नेत, सोलुखुम्बुकी सरस्वती खडका राई, सुनसरीकी विन्दु चौधरी, संखुवासभाकी सुनिता गुरुङ, संखुवासभाकी मेनुका श्रेष्ठ, खोटाङकी विनिता राई, सुनसरीकी सविता श्रेष्ठ, सप्तरीकी रेनुका चौधरी र मोरङकी अर्चना यादव छनोट भएका छन् ।
त्यस्तै पुरुषततर्फ सुनसरीका श्याम चौधरी, मोरङका राहुल माझी, झापाका प्रकाश दनुवार, तेह्रथुमका उमेश कन्दङवा, सुनसरीका खेम लिम्बू, मोरङका सुरज माझी, सुनसरीका डेविट चौधरी, ताप्लेजुङका पिताम्बर थुलुङ, मोरङका घनश्याम विक, संखुवासभाका रंजित श्रेष्ठ, मोरङका मनिष श्रेष्ठ, सुनसरीका पंकज पोखरेल, संखुवासभाका सन्देश पवार लिम्बू, पाँचथरका हर्कबहादुर लोहागन र मोरङका दिवाकर राजवंशी छनोट भएका छन् ।
त्यस्तै मोरङमा राउण्ड रोविन लिगका आधारमा टेबल टेनिसको खेल भएको थियो । टेबल टेनिसको पुरुषततर्फ मोरङका करण राई, सुनसरीका गणेश तामाङ, सुनसरीकै महाविर चौधरी, मोरङका अनुजो बानिया र सुनसरीका दिवस कुवर छनोट भए । महिलतर्पm सुनसरीकी अपेक्षा शाक्य, सुनसरीकी दिक्षा दाहाल, सुनसरीकै गीता भुजेल, सुनसरीकी रुपा लिम्बू र इलामकी निशा श्रेष्ठ भएका छन् ।
ताप्लेजुङमा भएको महिला भलिबल खेलमा संखुवासभा क्षेत्रीय महिला भलिबल छनौट प्रतियोगिताको च्याम्पियन बनेको छ । मोरङलाई २५–१५, २५–११ र २५–१७ को सोझो सेटमा पराजित गर्दै संखुवासभा विजयी भएको हो । संखुवासभासंग पराजित मोरङ द्धितिय हुंदा ओखलढुङगालाई पराजित गर्दै सुनसरीले तेस्रो स्थान भयो ।
धनकुटामा भएको व्याडमिन्टनको पूरुषततर्फ भोजपुरका विवेक श्रेष्ठ, खोटाङका जीवन आचार्य, भोजपुरका विशाल तामाङ, सुनसरीका सुजन श्रेष्ठ, सुनसरीकै प्रकाश लिम्बू, झापाका प्रनिश ठकुरी र भोजपुरका सुवास तामाङ छनोट भए । त्यसैगरी महिलाततर्फ मोरङकी सिमा राजवंशी, खोटाङकी सुजना राई, भोजपुरकी सिताकुमारी राई, सुनसरीकी रिया कर्मचार्य र मोरङकी निता लम्साल छनोट भए ।
राजविराजमा भएको जुडोमा सप्तरीबाट आठ, झापाबाट साता, मोरङबाट तीन र इलामबाट दुइ खेलाडी छनोट भए । जसमा सप्तरीबाट पुरुषततर्फ ४५ किलो तौल समूहमा अमितकुमार राम, ५० किलो तौल समूहमा आनन्दकुमार यादव, ७३ किलो तौल समूहमा नवनितकुमार झा, ९० किलो मुनिमा सन्तोषकुमार चमन, सय किलो किलो तौल समूहमा बच्चुलाल चौधरी, काताततर्फ श्रीकान्त चौधरी छन् । महिलाततर्फ ५७ किलो मुनिमा बन्दना चौधरी र ७८ किलो तौल समूहमा बबिता चौधरी छनोट भए ।
झापाको पूरुषततर्फ ५५ किलो तौल समूहमा रमेश मादिङ, ६० किलो तौल समूहमा विकास भुजेल, ६६ किलो तौल समूहमा देवेन्द्रकुमार दाहाल, ८१ किलो तौल समूहमा मंगलु मेचे, कातातर्पm देवेन्द्रकुमार दाहाल छनोट भए । महिलाततर्फ ४८ किलो तौल समूहमा विनीता भुजेल र ७८ किलो तौल समूहमा अम्बिका पौडल छनोट भए ।
मोरङको पूरुषततर्फ सय किलोमुनिमा दिलीपकुमार दाहाल र महिलाततर्फ ६३ किलो तौल समूहमा दिलकुमारी सिञ्जाली, ७८ किलो तौल समूहमा सीमा ठकुरी छनोट भए । इलामको महिलाततर्फ ४४ किलो तौल समूहमा विष्णुमाया खत्री र ५२ किलो तौल समूहमा निशा लिम्बू छनोट भए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर