पूर्वाञ्चल खबर
२३ मंसिर,धनकुटा / महिला हिंसा विरुद्धको अभियान चलिरहेको बेला धनकुटामा एक बिधुवा महिला बलात्कृत भएको घटना सार्वजनिक भएको छ ।
धनकुटाको तांखुवा गाविसकी ५५ बर्षिया बिधुवा महिलालाई बलात्कार गरेको आरोपमा तांखुवा–२ का २२ बर्षिय युवा रबिन लिम्बुलाई प्रहरीले पक्राउ गरेको छ ।
पीडितले प्रहरीमा जाहेरी दिएपछि लिम्बुलाई पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको र जबर्जस्ती करणीको मुद्दा दर्ता गरिएको धनकुटा प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुदिपराज भण्डारीले जानकारी दिएसँगै घटना सार्वजनिक भएको हो ।
उनका अनुसार गएको शनिवार राति बिधुवा महिलाकै घरमा गएर लिम्बुले जवरजस्ती करणी गरेको उजुरी परेको छ । प्रहरीले बलात्कृत बिधुवा महिलाको जिल्ला अस्पतालमा स्वास्थ्य परिक्षणसमेत गरेको छ ।