पूर्वाञ्चल खबर
२२ मंसिर ,शरणामती । सुरुङ्गाको कनकाई खेलकुद प्रतिष्ठान (कासा११) झापाको शरणामतीमा जारी प्रथम शरणामती गोल्डकप अन्तिम चारमा प्रवेश गरेको छ ।
कनकाईले बुधबार भएको खेलमा भारतको कञ्चनजंघा एफसीलाई २–० गोल अन्तरले पराजित गरेको छ । कनकाईका लागि खेलको २९औँ मिनेटमा सरोज कार्की र इन्जुरी समयमा दिनेश राईले गोल गरे । कार्कीले एक्लैको प्रयासमा गोल गरेका थिए ।
दोस्रो हाफको १० मिनेटमा कञ्चनजंघाले गोल गर्ने पाएको अवसर गुमायो । कनकाईका दिपक याख्खाले कञ्चनजंघाका नगेन तामाङलाई लडाउँदा पाएको पेनाल्टी अवसरमा रिक्रेन तामाङको प्रहार कनकाईका गोलरक्षक जनम मगरले पुस गरेर बचाएका थिए ।
कनकाईका रोजिन माझी म्यान अफ दी म्याच घोषित भए । उनले नगद २ हजार ५ सय र ट्रफी हात पारेका छन् ।
बिहीबारको अन्तिम क्वार्टरफाइनल खेल काठमाडौँको चर्च ब्वाइजविरुद्ध एपीएफ क्लब विच हुनेछ ।