पूर्वाञ्चल खबर
धेरैको अनुमान हुन्छ– यस्ता फिल्ममा काम गर्ने कलाकारको पारिश्रमिक पनि आकर्षक होला । तर, वास्तविकता ठीक विपरीत छ । ‘नयाँलाई त ब्रेक दिने हो, पैसा त नदिँदा पनि हुन्छ,’ निर्देशक अधिकारी भन्छन्, ‘अवस्था हेरेर दिनको एक हजारदेखि १५ सयसम्म दिइन्छ । र, एकै दिनमा आधा दर्जनजति फिल्मको सुटिङ गरिन्छ ।’ उनले शनिवारमात्र काठमाडौँ, शंखमूल नजिकैको यूएन पार्कमा तीनटा फिल्मको छायांकन गरे ।
यस्ता सर्ट फिल्म अपलोड गर्ने युट्युब च्यानलहरूले अनलाइन विज्ञापन एजेन्सी गुगलबाट विज्ञापन अनुमति लिएका हुन्छन् । उनीहरूका प्रत्येक भिडियोमा गुगलको एड देख्न सकिन्छ । एड क्लिक र भ्युजका आधारमा ती कम्पनीहरूले वेस्टर्न युनियन मनी ट्रान्सफरमार्फत पैसा थाप्ने गरेका छन् ।
यस्ता सर्ट फिल्ममा खुलेर अभिनय गर्ने अधिकांश कलाकार चिनिएका अनुहार भने होइनन् । कतिपय च्यानलमा एउटै कलाकार दोहोरिएका छन् भने कतिपयमा फिल्मैपिच्छे नयाँ–नयाँ अनुहार देखिन्छन् । कहाँबाट ल्याइन्छन् त यी कलाकार ? ‘विशेष गरी कलाकारितामा रुचि राख्नेहरू आउँछन्,’ निर्देशक तिमल्सिना भन्छन्, ‘पैसाको लोभमा परेर उनीहरू भल्गर दृश्य दिन पनि तयार हुन्छन् होला । तर, म त सुरुमै सबै कुरा जानकारी गराएर मात्र खेलाउँछु । ’
अमितेष शाह,
राजकुमार राई,