पूर्वाञ्चल खबर
बोल्ड एन्ड ब्यूटी बन्ने कुरामा देखिएको यो सजगतालाई प्रशंसा गर्नैपर्छ । नायिका पूजा शर्मा पनि अहिले पहिरन र फेसनमा अगाडि देखिएकी छिन् । सार्वजनिक कार्यक्रममा पूजाको पहिरनले चर्चा मात्र पाउँदैन, क्यामेरा फोकस पनि बढी पाउन थालेको छ ।
शनिबार एक अवार्ड समारोहमा पुगेकी शर्माको वन पिस पहिरनले उनको सुन्दरतामा नयाँ रंग भरेको थियो । काठमाण्डौमा बढ्दै गएको चिसोको समेत प्रवाहा नगरि पूजा खुलेको पहिरनमा अवार्डमा पुगिन् । ‘प्रेमगीत’का कारण चर्चामा आएकी यी नायिका चलचित्र ‘म यस्तो गीत गाउँछु’को तयारीमा छिन् । अनलाइन खबर