AArya
RUMPUM
animated ellipse animated ellipse

जनविकासमा प्रहरी सचेतना

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१९ मंसिर २०७३, आईतवार १७:५४
3
Shares
१९ मंसिर,विराटनगर / सामुदायिक सेवा केन्द्र रानी तथा पूर्ब क्षेत्रिय प्रहरी कार्यालय रानीको संयुक्त आयोजनामा आईतबार बिराटनगर २१ मा रहेको जनविकास उच्च माध्यमिक विद्यालयमा प्रहरी सचेतना कार्यक्रम सम्पन्न गरीएको छ ।
स्कुल स्तरमा अध्ययननरत कक्षा ९ र १० का छात्राछात्रहरुलाई महिला तथा बाल–बालिकामा हुने हिंसा रोक थाम विषयक प्रशिक्षण दिईएको थियो ।
स्कुलमा अध्ययनरत करिब १ सय भन्दा बढी विद्यार्थीहरुलाई पुर्व क्षेत्रिय प्रहरी कार्यलय रानी विराटनगरकी प्रहरी नायव निरीक्षक कृष्णकुमारी अधिकारीले सहजीकरण गरेकी थिइन् ।
कार्यक्रममा सामुदायिक सेवा केन्द्र रानीका अध्यक्ष योगबहादुर किशोर सुब्बा, महिला स्वयसेविका तथा लागुऔषध कार्यदलकी सदस्य ज्योती थापा, नेपाल महिला एकता समाजकी लक्ष्मी खड्का, रश्मी श्रेष्ठ, शोभा शाह लगायतको उपस्थीत रहेको थियो । सामुदायिक केन्द्रले दक्षिणिभेगमा विभिन्न सामाजिक क्षेत्रमा काम गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर