अरनिको विद्यार्थीलाई अन्तराष्ट्रिय स्तरको पुरस्कार
पूर्वाञ्चल खबर
१९ मंसिर २०७३, आईतवार १४:०४
45
Shares
१९ मंसिर, बिराटनगर / विराटनगर–१३ मा रहेको अरनिको उच्च माविले ‘अन्तराष्ट्रिय रोवोटिक्स यन्त्र ५.० यन्त्र रेसर’ प्रतियोगितामा प्रथम भएका विद्यार्थीहरुलाई सम्मान गरेको छ । हालै काठमान्डौमा सम्पन्न प्रतियोगितामा प्रथम भएका आप्mना विद्यार्थीलाई आज आइतबार सम्मान गरेको हो ।
प्रतियोगितामा सहभागि सौरभ साह, कृतेष रौनियार, उपास कटुवाल र अर्षित बोहरालाई प्रिन्सीपल राजेश कार्की, सञ्चालक लक्ष्मि अधिकारी र उमेन्द्रविलास लुइटेल लगायत कलेजका शिक्षक/शिक्षिकाले अविर तथा खादा ओढाएर सम्मान गरेका थिए ।
प्रतियोगितामा सहभागिता जनाएका विद्यार्थीहरुले नगद ५० हजार तथा ट्रफी जितेका थिए । प्रतियोगिताबाट पुरस्कार बापत प्राप्त गरेको रकमले अनाथ बालबालीकाहरुलाई जाडोमा लगाउने न्यानो कपडा वितरण गर्ने सौरभ साहले बताए । उनीहरुले देशभरका ३५ कलेजलाई पछि पार्दै उपाधि जित्न सफल भएका थिए ।