AArya
RUMPUM
animated ellipse animated ellipse

माग पुरा नभएको भन्दै कोशी अंचल अस्पतालमा प्रदर्शन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१७ मंसिर २०७३, शुक्रबार १५:३५
3
Shares
१७ मंसिर ,विराटनगर / शल्यक्रिया गरेर बच्चा निकालिएपछि उपचारकै क्रममा गत बुधबार मृत्यु भएकी सुत्केरी कमला लुइँटेल अधिकारीका आफन्तले माग पुरा नभएको भन्दै आज शुक्रबार कोशी अंचल अस्पताल बिराटनगरमा प्रदर्शन गरेका छन् ।
विराटनगर १० हाटखोलाकी २१ वर्षीय कमला लुइँटेल अधिकारीकोे चिकित्सकले लापरवाही गरी शल्यक्रिया गर्दा मृत्यू भएको आफन्तले आरोप लगाउँदै आएका छन् । उनीहरु शल्यक्रियामा संलग्न चिकित्सक मेलुना भुसाल सहितको चिकित्सक टोलीलाई बर्खास्त गरी लाईसेन्स समेत खारेज गरिनुपर्ने, जन्मिएको नवजात शिशुको सम्पूर्ण शिक्षादिक्षा र पालनपोषण हुनुपर्ने लगायतका माग राखी प्रदर्शनमा उत्रिएका छन् ।
घटनामा चिकित्सकको लापरवाही देखिएपछि पिडित परिवारलाई राहत हुनेगरी पाँचबुँदे सहमति गरिएको थियो । तर अस्पताल प्रशासनले सहमति कार्यन्वयन नगरेको भन्दै पीडितका आफन्तले अस्पताल अगाडि नाराबाजी गरेका हुन् । उनीहरुले सहमति अनुसार माग कार्यन्वयन हुनुपर्ने बताएकाछन् । अस्पताल प्रशासनले २४ घण्टाभित्र घटनाको छानबिन गरी सत्यतथ्य सार्वजनिक गर्ने तत्कालिन सहमति गरेपनि चिकित्सकको संरक्षण गर्न थालेपछि आन्दोलनमा उत्रिनु परेको पीडित पक्षले बताएका छन् । सवै माग कार्यन्वयन हुनुपर्ने लुइँटेलका आफन्तले स्पष्ट पारेका छन् ।
सुत्केरी हुन मंसिर १२ गते अंचल अस्पताल भर्ना गरिएकी कमलाको
शल्यक्रिया गरेर बच्चा निकालिए पछि बढी रक्तश्राव भएका कारण थप उपचारका क्रममा धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १५ गते बिहान मृत्यू भएको थियो । कमलाको कोखबाट जन्मिएका शिशुको स्वास्थ्य भने अहिले सामान्य रहेको परिबारले जनाईएको छ ।
शल्यक्रियाका क्रममा लापरवाही गर्ने चिकित्सकलाई कारवाही हुनु पर्ने, मृतकबाट जन्मिएको छोरालाई शिक्षा दीक्षा र भरणपोषणको व्यवस्था अस्पतालले गर्नु पर्ने, पीडित परिवारलाई उचित क्षतिपूर्ति र किरिया खर्च दिनु पर्ने, आगामी दिनमा यस्ता घटना दोहो¥याउन नहुने, सर्वसाधारणको उपचारमा लापरवाही गर्न नहुने लगायतका माग राखेर आफन्त विरोधमा उत्रिएका थिए ।
यसैबीच घटनाको अनुसन्धान पुरा गरी आउँदो सोमबार सत्यतथ्य सार्वजनिक गर्ने अस्पताल प्रशासनले प्रतिवद्धता जनाएपछि पीडित पक्षले दबाबमुलक आन्दोलन रोक्ने सहमति जनाएकाछन् । सहमति पछि पीडित पक्ष घर फर्किकिएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर