AArya
RUMPUM
animated ellipse animated ellipse

मोरङमा सीमाक्षेत्र विकास कार्यक्रम सञ्चालन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१६ मंसिर २०७३, बिहीबार १३:५७
3
Shares
१६ मंसिर, विराटनगर/सीमाक्षेत्र विकास कार्यक्रम मोरङमा सञ्चालन हुन थालेको छ। मोरङका स्थानीय विकास अधिकारी शोभाखर रेग्मीका अनुसार तराईका जनतालाई फाइदा पुग्ने गरी सरकारले ल्याएको सीमाक्षेत्र विकास कार्यक्रम सीमावर्ती १२ वटा गाउँ विकास समिति र विराटनगर उपमहानगरपालिकाका भारतीय सीमासँग जोडिएका वडा नं २०, २१ र २२ मा कार्यक्रम सञ्चालन भएको हो।
मोरङको वुधनगर, मझारे, भातिगच्छ, सोराभाग, डायनिया, वंर्डंगा, सोराभाग, झुर्किया, महादेवा तथा विराटनगर उपमहानगरपालिका–२०, २१ र २२ तथा रङ्गेली नगरपालिकामा यो कार्यक्रम सञ्चालनमा आएको स्थानीय विकास अधिकारी रेग्मीको भनाइ छ। सीमाक्षेत्रमा बसोबास गर्ने मधेसी, आदिवासी, पिछडिएका वर्गलाई विकासको मूलप्रभावमा ल्याउन जिविस मोरङले गाविससँग समन्वय गरी कार्यक्रम सञ्चालनमा ल्याएको हो।
छनोटमा परेका गाविसमा भौतिक पूर्वाधार निर्माण, दुई गाविसलाई जोड्ने कालोपत्रे सडक, सिँचाइ, पुलपुलेसा निर्माण तथा सीपमूलक तथा आयमूलक तथा उत्पादनमूलक कार्यक्रम सञ्चालन गरिने रेग्मीको भनाइ छ। उनले भने, “सीमाक्षेत्रका जनताको जीवनस्तर उकास्न नेपाल सरकारले आफ्नै बजेटमा विकास कार्यक्रम सञ्चालनमा ल्याएको हो।”
कार्यक्रमलाई प्रभावकारी बनाउन क्षेत्र तथा जिल्लामा कार्यालय स्थापना गरेर कार्यक्रमबारे निगरानी गर्ने बताइएको छ। नेपाल सरकारको लगानीमा आएको कार्यक्रमलाई पारदर्शीरुपमा मापदण्डअनुसार काम गर्न गाविस सचिवलाई उनले आग्रह गरे। सो कार्यक्रमअन्तर्गत यो वर्ष मोरङमा सवा तीन करोड रुपैयाँ छुट्याइएको छ। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर