उपाधिका लागि वाइसिसि र सुनसरीबीच प्रतिस्पर्धा हुने
पूर्वाञ्चल खबर
१५ मंसिर २०७३, बुधबार १९:२२
3
Shares
१५ मंसिर,विराटनगर / विराटनगरमा आयोजित क्लवस्तरीय खुल्ला टी–२० क्रिकेट प्रतियोगिताको उपाधिका लागि युथ क्रिकेट क्लब वाइसिसि र सुनसरीबीच विहिबार प्रतिस्पर्धा हुने भएको छ ।
बुधबार डिग्री क्याम्पसको मैदानमा भएको अन्तिम सेमीफाइनल खेलमा मिलन क्रिकेट क्लब झापालाई ७ विकेटले हराउँदै विराटनगरको वाइसिसि उपाधि नजिक पुगेको हो । टस जितेर ब्याटिङ गरेको मिलनले निर्धारित ओभरमा ८ विकेटको क्षतिमा १ सय १ रनको योगफल बनाएको थियो ।
जसमा राज थापाले २५ र दिपेश पराजुलीले २१ रन बनाएका थिए । जवाफी व्याटिङ गरेको वाइसिसिले निर्धारित लक्ष्य १४ ओभरमा तीन विकेट गुमाउँदै पुरा गरेको थियो । वाइसिसिका लागि रितेश माझीले अविजित ५३ रन बनाए । उनी खेलको म्यान अफ दि म्याच समेत घोषित भए ।