AArya
RUMPUM
animated ellipse animated ellipse

ज्ञानकुञ्ज मन्टेश्वरी वार्षिकोत्सव सम्पन्न

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१४ मंसिर २०७३, मंगलवार १८:४४
3
Shares
१४ मंसिर,पथरी /मोरङको पथरीशनिश्चरे–१मा रहेको ज्ञानकुञ्ज मन्टेश्वरी प्रि. स्कुलको तेस्रो वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार मन्टेश्वरी प्राङ्गमा भएको कार्यक्रममा नानीबाबुहरुले ‘आउँ है साथी हेर साथी…’, यी आँखामा तिमी छौं…, प्रेम रतन धनपायो…, मेरा ही जल्वा.., कम्मर माथि पटुकी…, सिरैमा सिरवन्दी…, म यस्तो गीत गाउँछु.. लगायतका गीतहरुमा आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

नृत्य सँगै ¥याम्स र गीत प्रस्तुत गर्दा उपस्थित अतिथिहरु र अभिभावकहरुले मनोरञ्जन लिएका थिए । कार्यक्रममा अभिभावकहरुमा बीच गराईको म्यूजिक चियर गेममा प्रतिमा राई प्रथम, सृजना बस्नेत दोस्रो, तेजु मगर तेस्रो र सेभेन अप खेलमा प्रथम प्रतिभा राई, दोस्रो अम्बिका सुवेदी र तेस्रो मिता राई भए । प्रतियोगीहरुलाई मन्टेश्वरीका तर्फबाट पुरस्कार प्रदान गरिएको थियो ।

इलाका व्याप्सन पथरी क्लास्टर ७ का संयोजक उपेन्द्र कडेलको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा लायन्स क्लब पथरीका अध्यक्ष तुलसी ढकाल, रेडियो सिम्रिकका अध्यक्ष अमिर राईले शुभकामना मन्तव्य राखेका थिए । तेस्रो वार्षिकोत्सव कार्यक्रममा मन्टेश्वरीका निर्देशक सन्तोष राईको सभापतित्व रहेको थियो भने स्वागत मन्तव्य शिक्षिका सोममाया लिम्बुले राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर