१२ मंसिर,दुहवी/मनाङ मस्याङदी क्लब काठमण्डौं सुनसरीको दुहवीमा जारी मनमोहन दुहवी गोल्डकपको अन्तिम चारमा प्रवेश गरेको छ । उसले आज आइतवार भएको खेलमा आयोजक एलेभन एरोज क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको हो ।
खेलको ८ औ मिनेटमा आयोजकका रोशन भुजेलले पहिलो गोल गर्दै आफ्नो टिमलाइ अग्रता दिलाएका थिए । दोश्रो हाफको २१ औ मिनेटमा मनाङका हेमन गुरुङले पेनाल्टिमा गोर गरी मनाङलाई बराबरीमा ल्याएका थिए । एलेभनका खेलाडीले मनाङका खेलाडीलाई फउल गरेपछि मनाङले पेनाल्टि पाएको थियोे ।
दोस्रो हाफकोे ३६ औ मिनेटमा मनाङ बिश्वास श्रेष्ठले गोल गर्दै मनाङलाई बिजयी बनाएका थिए ।
खेलको म्यान अफ द म्याच आयोजकका सौजन्य राईलाई अखील नेपाल फुटबल संघका केन्द्रिय सदस्य बसन्त आर्यालले ट्रफी सहित नगद रु ५००० प्रदान गरेका थिए । सोमवारको खेल मोरङ फुटबल क्लव मोरङ र बिआरसी भुटान बिच हुने आयोजकले जनाएको छ ।