RUMPUM
animated ellipse animated ellipse

पूर्वाञ्चल स्तरीय खुल्ला ट्वेन्टी ट्वेन्टी क्रिकेट सुरु

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

११ मंसिर २०७३, शनिबार २०:२८
3
Shares
११, मंसिर,विराटनगर । पूर्वाञ्चल क्रिकेट एकेडेमीको आयोजनामा पूर्वाञ्चल स्तरीय खुल्ला ट्वेन्टी ट्वेन्टी क्रिकेट प्रतियोगिता आजदेखि विराटनगरमा सुरु भएको छ ।

आज भएके पहिलो खेलमा युथ क्रिकेट क्लब(वाइसीसी) विराटनगरले विराटनगरकै फर्जिन्द क्रिकेट क्लब एफसिसिलाई ४९ रनको फराकिलो अन्तरले पराजित गरेको छ । टस जितेर पहिले ब्याटिङ गरेको वाइसीसीले निर्धारित ओभरमा ३ विकेटको नोक्सानीमा १ सय ६२ रनको विशाल योगफल खडा गरेको थियो ।

जसमा रितेश माझीले सर्वाधिक ३४ रन जोडेका थिए ।
जवाफमा १ सय ५० रनको विजय लक्ष्य पछ्याएको फर्जिन्दले सवै विकेट गुमाई १ सय १३ रन मात्र जोड्न सक्यो । फर्जिन्दका लागि आसिफ रजाले ४६ रन बनाए । वाइसिसिका कप्तान मोति चौधरी सर्वाधिक ३ विकेट लिएका थिए । उनि खेलको म्यान अफ दि म्याच घोषित भए ।
विहीवारसम्म हुने प्रतियोगितामा मोरङ, सुनसरी र झापाका गरि ६ टिमको सहभागिता रहेको क्यानका वरिष्ठ उपाध्यक्ष नरेश श्रेष्ठले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर