१० मंसिर, विराटनगर /३६औ विश्व खाद्ध दिवसको अवसर पारेर मोरङका ४४ जना कृषकलाई पुुरस्किृत गरिएको छ ।
जिल्ला कृषि विकास कार्यालयले विभिन्न ९ वटा विधाका उत्कृष्ट कृषकहरुलाई सम्मानित गरेको हो । राष्ट्रपती उतकृष्ट कृषक पुुरस्कार बाट कागती खेतीगर्दै आएका मोरङ डंग्राहाका ढालुुराम माझी, उत्कष्ट तरकारी खेती गर्ने मधुमल्लाका रमेस वस्नेत तथा उत्कृष्ट गाईपालक किसान कटहरीका सुुमनराज खरेरलाई पुरस्कृत गरेको छ । उनीहरुलाई जनही १० हजार नगद तथा कदरपत्र सहित सम्मान गरीएको छ ।
यसैगरी धान, गहुु, मकै, काउली तथा माछापालक कृषकहरुलाइ सम्मानित गरिएको थियो । कार्यक्रममा उनीहरुलाई मोरङका सहायक प्रमुुख जिल्ला अधिकारी शेषनारायण पौडेल, जिल्ला कृषि विकास कार्यालयका वरिष्ठ अधिकृत मनोज चौधरी तथा क्षेत्रिय कृषि निर्देशनालय विराटनगरका निर्देशक ताराकुुमार श्रेष्ठले पुुरस्कृत गरेका थिए । यसैगरी विश्व खाद्ध दिवसको अवसरमा निवन्ध लेखनमा प्रथम , दितिय र तितृयहुुने छात्रछात्रालाई समेत पुुरस्कृत गरिएको थियो ।