AArya
ARNIKO ADD
RUMPUM
animated ellipse animated ellipse

खेल मैदानको अनुगमन

KhabarPurwanchal-Logo

पूर्वाञ्चल खबर

१० मंसिर २०७३, शुक्रबार १८:२३
3
Shares
१० मंसिर, विराटनगर /सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र खेल मैदानको पूर्वाधारका विषयमा आज विराटनगरको सहिद रंगशाला खेल मैदानको अनुगमन गरिएको छ ।
मन्त्रालयका सचिव महेश दाहाल र राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव केशव विष्ट सहितको टोलीले सातौ राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी र मर्मत भइरहेको खेल मैदानको अवस्थाको खेलमैदानको अनुगमन गरेको हो । अहिले रंगशाला मर्मतको काम द्रुत गतिमा भइरहेको छ ।
अनुगमनका क्रममा मन्त्रालयका सचिव दाहालले चाँडो भन्दा चाँडो काम सम्पन्न गरी तोकिएकै मितिमा सातौ राष्ट्रिय खेलकुद प्रतियोगिता गरिने जानकारी दिए । उनले पूर्वका झापा, सुनसरी, सप्तरी र विराटनगरको पूर्वाधार निर्माण सन्तोषजन रहेको बताएका छन् ।
उनले खेल प्रतियोगिता हुने कतिपय खेल मैदानहरु तोकिएको क्षेत्रमा भने हेरफेर हुन सक्ने बताए । यसै गरी राखेपका सदस्यसचिव केशब बिष्टले अब भने खेलकुदको तालिका र मिति परिबर्तन नहुने जानकारी दिए । उनले तोकिएकै मितिमा खेल हुनेमा बिस्वस्त रहन खेलकुदकर्मीहरुलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

फोटो फिचर