१० मंसिर, विराटनगर /विराटनगरलाई बालमैत्री सहरका रुपमा विकास गरौं भन्ने नाराका साथ विराटनगर–१० स्थित गायत्री संस्कृत माविले आज विराटनगरमा चेतनामूलक ¥याली निकालेको छ ।
गायत्री माविको अभिरिक्त क्रियाकलाप र बाल क्लबको संयुक्तको आयोजनामा विद्यालय परिसरबाट निकालिएको ¥यालीले शनिहाट, गोल्छा, जलजला, बुधहाट चोकलगायतका स्थानको परिक्रमा गरेको थियो । ¥यालीमा शिक्षक र कक्षा ४ देखि १० सम्मका विद्यार्थीहरुको सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक युगेश्वर मेहेताले जानकारी दिए ।
गायत्री माविमा साढे ४ सय विद्यार्थी अध्ययनरत छन् । ¥यालीमा सहभागी विद्यार्थीहरुले विराटनगरलाई सफा, स्वच्छ र हराभरा बनाऔं, रुख रोपौं वातावरणको संरक्षण गरौंलगायत ४० वटाभन्दा बढी विभिन्न नारा लेखिएका प्लेकार्ड बोकेका थिए । बालमैत्री नगर र वातावरणसम्बन्धी नगरबासीलाई जागरुक बनाउने उद्देश्यले विद्यालयले चेतनामूलक ¥यालीको आयोजना गरेको विद्यालयका शिक्षक चूडामणि नेपालले बताए ।
विद्यालयले अध्ययनका साथै कविता प्रतियोगिता, वक्तृत्वकला, दौडलगायतका अतिरिक्त कार्यक्रम सञ्चालन गर्दै आएको उनले जानकारी दिए ।