RUMPUM
animated ellipse animated ellipse

लर्डबुद्ध कलेजले भर्ना भएका नयाँ विद्यार्थीलाई स्वागत गर्यो

KhabarPurwanchal-Logo

खबर पूर्वाञ्चल

१० मंसिर २०७३, शुक्रबार १३:४६
3
Shares
१० मंसिर, विराटनगर / विराटनगरमा १३ मा रहेको लर्डबुद्ध कलेजले विविएसमा भर्ना भएका नव आगन्तु विद्यार्थीहरुलाई आज कलेजमा एक कार्यक्र गरि अभिमुखिकरण गोष्ठी तथा स्वागत गरेको छ ।
कलेजले सञ्चालन गरेको १४ र्औ ब्याचमा भर्ना भएका १ सय ५ विद्यार्थीहरुलाई कलेजको बारेमा जानकारी गराएको थियो ।
युनिभर्सल लर्डबुद्ध एकाडेमिका अध्यक्ष तथा कलेजका क्याम्पस प्रमुख नितिन गजुरेल र लर्डबुद्ध स्कूलका प्रिन्सिपल सिएम श्रेष्ठलगायतले कलेजको बारेमा जानकारी गराएका थिए ।
प्रथम बर्षमा भर्ना भएका विद्यार्थीहरुलाई क्याम्पस प्रमुख नितिन गनुरेलले गित गाएर शुरु गरेको कार्यक्रमलाई सिनियर कक्षा विद्र्याथीहरुले नृत्य तथा गित गाएर नयाँ साथीहरुलाई स्वागत गरेका थिए । स्वागत कार्यक्रमको संगित कम्पोज विराटनगरका संगितकारद्वय सुमन श्रेष्ठ र दिपेन थापाले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

तपाईको प्रतिक्रिया

*

फोटो फिचर