८ मंसिर, विराटनगर/ करिव ६ महिना बन्द भएर सुचारु भएको विराटनगरको सडक ढल तथा नाला निर्माण गर्ने कार्यमा एक नम्मरी इटा प्रयोग गर्नु पर्ने ठेकेदारले सम्झौता गरेका छन् । तर सम्झौता विपरित ठेकेदारले भने कमसल इटा प्रयोग गर्ने गरेको पाइएको छ ।
विराटनगर – तीन टोलीया स्थित वाचनालय मार्ग र प्रभात मार्गमा नाला निर्माण गर्दा दुई नम्मरी इटा प्रयोग गरेको पाइएको हो ।
ढल निर्माणमा श्री नाम गरेको दुई नम्मरी इटा प्रयोगमा ल्याएपछि स्थानीयले विरोध गरेका छन् । ‘ हामीले गएर काम रोक्यौ । स्थानीय उत्तम ढुङगेलले भने ‘ दुई नम्मरी इटा प्रयोग गर्न दिदैनौ ।’ नगरपालिकाले निगरानी नगर्दा ठेकेदारले खुलेआम रुपमा दुई नम्मरी इटा प्रयोग गरेको उनको गुनासो छ । परियोजनाको काम नगरपालिकाले निगरानी गर्नु पर्ने भएपनि नगरपालिकाले चासो नदिदा ठेकेदारले मनपरी गरेको उनले बताए ।
निर्धारित समय सम्म नसकिएको काम सम्पनन गर्न द्रुत गतिमा निर्माण गर्नु पर्ने भएपनि ठेकेदारले दुई नम्मरी इटा प्रयोग गरेर झुक्याउन खोजेको उनको गुनासो छ ।
ठेकेदार कम्पनी कालिका कन्ट्रक्सनका कर्मचारीपनि दुई नम्मरी इटा प्रयोग गरेको स्वइकार गर्छन । प्रभात मार्गमा भेटिएका ठेकेदारका प्रतिनिधी रुद्र अधिकारीले भने ‘ एक नम्मरी इटा नभेटेपछि दुई नम्मरी ल्याएका हौ ।’
विराटनगर उपमहानगरपालिकाका कार्यकारी अधिकृत दिपक कोइराला सम्झौता अनुसार नै इटाको गुणस्तर प्रयोग गर्नु पर्ने बताउछन् । ‘ दुई नम्मरी इटा रछ भने फिर्ता गर्न लगाउछौ । उनले भने ’