८ मंसिर,विराटनगर/ एसबीएससी सिङं्गीन स्टार सिजन–थ्रीको सेमिफाइनलमा ४० जना छनौट भएका छन् ।
विराटनगरको इष्टउड इन्टरनेशनल एकाडेमिमा भएको क्वाटरफाइनलबाट उत्कृष्ट प्रतिभा प्रस्तुत गर्ने प्रतियोगिलाई सेमिफाइलको लागि छनौट गरिएको हो ।
संस्थागत विद्यालय बचत तथा ऋण सहकारी संस्था विराटनगरको आयोजनामा भएको प्रतियोगिताको फाइनल पुस ९ गते विराटनगरमा हुने भएको छ । ‘आजव तपाई, रौरव राष्ट्रको, देन नीजि स्कूलको’ भन्ने मुल नाराको साथ सुरु गरिएको प्रतियोगिताको विजेताले नगद २५ हजार रुपैयाँको साथै आकर्षण ट्रफि प्राप्त गर्नेछन् । द्धीतियले १५ हजार र तृतीयलाई १० हजार रुपैयाँ रहेको छ ।
क्वाटरफाइनलको निर्णयकहरुमा गायक प्रवलदिप विश्वास, सुमन श्रेष्ठ, राम राउत, ज्याती सुब्बा, विकेश के शंकरलगायत रहेका थिए ।