भारतको कानपुरमा रेल दुर्घटना १ सय १५ को मृत्यु १५० भन्दा बढी घाइते
पूर्वाञ्चल खबर
५ मंसिर २०७३, आईतवार २१:५६
3
Shares
५ मंसिर कानपुर /भारतको उत्तरप्रदेशमा रेल दुर्घटना हुँदा १ सय १५ जनाको ज्यान गएको छ । उत्तर प्रदेशको कानपुरस्थित पुखरायामा आइतबार बिहान करिब ३ बजेर ७ मिनेटमा रेल दुर्घटनामा परेको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । ।
पटना(इन्डोर एक्सप्रेसका १४ डिब्बा पल्टिएको हो भारतीय अधिकारीहरूका अनुसार अहिलेसम्म १ सय १५ जनाको मृत्यु भएको छ भने १ सय ५० भन्दा बढी घाइते भएका छन् ।
समाचार अनुसार स्लिपर क्लासका ६ र एसी क्लासका ३ डिब्बा पूरै दुर्घटनाग्रस्त छन् । मृत्यु हुने अधिकांश यही डिब्बाका यात्री रहेको भारतीय प्रहरीले जनाएको छ । युपी प्रहरीका अनुसार सबैभन्दा बढी हाताहाती एस १ र एस ३ डिब्बाका यात्री छन् ।
यसैबीच भारतीय रेल मन्त्री सुरेश प्रभुले रेल दुर्घटनाको बारेमा छानबिन गर्न आदेश दिएका छन् । भारतीय रेलवे सेवाले एक उच्चस्तरीय छानबिन आयोग गठन गर्न निर्देशन दिएको छ ।
यसैबीच भारतीय प्रधानमन्त्री नरेंद्र मोदीले रेल दुर्घटनाबाट आफू अत्यान्त दुखी भएको भन्दै ट्विट गरेका छन्।
यस्तै गृहमन्त्री राजनाथ सिंहले दुर्घटनाप्रति दुखी हुँदै उद्धार र उपचारको लागि तत्काल व्यवस्था गर्न सुरक्षा अधिकारीलाई निर्देशन दिएका छन्।
यूपीका सीएम अखिलेश यादवले कानपुर ट्रेन दुर्घटनाका घाइतेको उद्धार र उपचारका लागि सबैसँग आग्रह गरेका छन्। एजेन्सी